काठमाडौं २८ कात्तिक । नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि उनको निर्वाचन क्षेत्रमा प्रचार प्रसारका क्रममा बम हमला भएको छ । हमलामा उनका सहयोगी घाइते भएका छन् भने उनी चढढेको अगाडिको भाग ध्वस्त भएको छ। घटना लगत्तै उनले आफूलाई मार्नेगरी सुनियोजित रुपमा बम हानिएको बताएका छन् । भोजपुर क्षेत्र न२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार राईले बम प्रहारको घटनापछि भने,‘मलाई सिध्याउने गरी सुनियोजित रुपमा बम हानिएको बताए /
नेता राईमाथि भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा आज बिहान बम प्रहार गरिएको हो ।
पूर्वमन्त्री राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । आफूलाई तलै सिध्याउने गरी घटना घटाइएको उनको प्रतिक्रिया छ ।
राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहारी गरिएको । बम प्रहारपछि गोली पनि प्रहार गरिएको छ । गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । ‘हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको सांघातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापुवर्क लिएको छ । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं,’ अध्यक्ष ओलीले बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘यस घटनामा संलग्न जोसुकै भएपनि उनीहरुको उदेश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँडने र मुलुकमा भाँडभैलो मच्चाइ रहने स्पष्ट हुन्छ ।
हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरुलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरु नियन्त्रण गर्न सचेत गराउँछौं ।’
प्रतिक्रिया दिनुहोस्