ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सुरक्षामा सहभागी हुन बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन


admin

काठमाडौं,  २५  मंसिर ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ ।

केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो । “सरकारको कार्यक्रममा अनिवार्य सहभागी हुनु भनेर सूचना जारी गरिएको हो”, राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो ।

“सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु÷गराउनु”, राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ ।

पटक पटक कोषमा सूचीकृत हुन समयावधि थप गरिएको भए पनि बैङ्क तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएको भन्दै श्रम मन्त्रलायले वित्तीय क्षेत्रलाई निर्देशन दिन राष्ट्र बैङ्कसमक्ष आग्रह गरेको थियो ।

सरकारले श्रमिकको भविश्यलाई जोखिमुक्त बनाउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । सरकारले ल्याएको योजनामा असन्तुष्टि जनाउँदै बैङ्क तथा वित्तीय संस्थाले उक्त प्रक्रियामा सहभागी हुन अटेर गर्दै आएका छन् ।

बुधबारसम्म एक लाख ३१ हजार ५७७ श्रमिक र ११ हजार ७९७ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । आजसम्म २६ करोड ५२ लाख १० हजार ४३६ रुपैयाँ ४९ पैसा योगदान रकम सङ्कलन भएको कोषले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com