काठमाडौं, २५ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।
सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।
गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। सरकारले सागका अरु स्वर्ण विजेतालाई जनही ९ लाख दिने घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस्