ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बद्री, विक्रम पाण्डेलाई सास्ती


एबीसी न्यूज
कार्तिक २८, २०७४ मंगलबार  ९ : ५५ बजे

भरतपुर चितवन २८ कात्तिक । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट उमेदबार बनेपछि सबैभन्दा बढी चुनावी चर्चा फेरि एकपटक भरतपुर बनेको छ । फेरि एक पटक किन भने स्थानीय तहको चुनावमा प्रचण्ड पुत्री रेणुदाहाल मेयरको उमेदबार बनेपछि चर्चित बनेको थियो । अझ रमाइलो के भएको छ भने तिनै रेणु दहालसंग राप्रपाबाट प्रतिस्पर्धा गरेका बद्री तिमिल्सेना चितवनका लागि प्रचण्ड आवश्यक रहेको भन्दै माओवादी प्रवेश गरेका छन् । उनले भरतपुर मनपाको चुनावमा आठ हजारभन्दा बढी मत ल्याएका थिए । उनी माओवादीमा प्रवेश मात्र गरेका छैनन् । हरेक दिन कांग्रेस र राप्रपाबाट माओवादीमा प्रवेश गराउने र प्रचण्ड जिताउ अभियानमा लाग्नेहरुको लाम नै लगाईदिएका छन् ।
बद्री तिमिल्सेना ०३६ सालदेखि पञ्चायतको राजनीतिमा संलग्न भएर कमल थापाहरुसंगैका अनेक घटनामा काम गर्दै आएका चितवनका चर्चित राजनीतिक कार्यकर्ता पनि हुन् । त्यतिमात्र हैन प्रचण्डसंग प्रतिस्पर्धा गरिरहेका राप्रपाका विक्रम पाण्डेका दाहिने हात र राप्रपाको जिल्ला अध्यक्ष नै थिए । बद्री भन्छन् म विना शर्त प्रचण्ड जिताउ अभियानमा लागें । राप्रपाले पटक पटक यता र उतामात्र गरेन प्रचण्ड जस्तो राष्टिय नेता चितवन चुनाव लड्न आएका बेला म किन विक्रम पाण्डेको पर्चा बोेकेर हिंड्ने भन्ने मनमा खेल्यो । अनि मैले प्रचण्डलाई भेटेर भने म अव तपाईंको भएं । प्रचण्ड भावुक हुनु भयो ।
आफ्नो ३८ वर्षे पञ्चायती पृष्ठभूमिको राजनीति गर्दा पनि सामाजिक सक्रिय कार्यकर्ताको हैसियत बनाएका बद्रीले आफ्नो जीवनकालमा अनेक प्रधानमन्त्रीलाई कांधमा बोके । धेरैलाई बैतरणी तारे । धेरैको शाख जोगाइदिए । तर यति नै बेला गणतान्त्रिक आन्दोलनको अगुवाको प्रचारक बन्न सजिलै कसरी तयार भए ? बद्री भन्छन् कतिपयले मलाई प्रचण्डले के के दिएर लग्यो भन्छन् तर मलाई प्रचण्डले लगेका होइनन् म नै प्रचण्डकहां गएको हुं । अनि मैले के माग्ने ? किन माग्ने ? मेरो एकमात्र अर्जुनदृष्टि छ प्रचण्डलाई जिताउने । चितवनका लागि देशको नेतृत्व गर्ने जनप्रतिनिधि छ भनेर गौरव गर्न पाए मलाई पुग्छ । एबीसीसंगको कुराकानीमा पनि बद्रीले भने प्रचण्डले कम्तीमा १५ हजारभन्दा बढी मतले जित्ने निश्चित छ । चितवन बुद्धिजीवीहरुको समेत जिल्ला भएकाले सबैले प्रचण्डलाई जनप्रतिनिधि बनाउने निर्णय गरिसकेका छन् ।
बद्री माओवादी भएकोमा माओवादीमा भन्दा बढी चोक चोक र कांग्रेस बृतमा बढी चर्चा छ । हंसमुख र जतिबेला पनि जसका लागि पनि उपलव्ध हुने बद्रीको स्वाभाव नै सबैलाई प्रभावित गर्ने तत्व हो । शायद प्रचण्डलाई पनि यही बानीले लोभ्यायो कि ?
बद्रीको एकमात्र चिन्ता जो कोही भेटे पनि प्रचण्डको पक्षमा समर्थन जुटाउने र विभिन्न पार्टीका बुढापाकादेखि युवासम्मलाई प्रचण्डसम्म पुर्याउने काममा भ्याइनभ्याई छ । हामीले मंगलबार विहान प्रचण्डसंग कुरा गरिरहेका बेला पनि बद्रीले एकजना ८७ बर्षिय पुराना राजनीज्ञिसंग प्रचण्डलाई फोन गराइरहेका थिए ।
अझ रमाईलो त के रहेछ भने जुन दिन बद्री माओवादी प्रवेश गर्दै थिए, त्यही दिन विहान लावालस्कर सहित विक्रम पाण्डे गएर अनुनय विनय गरेछन् । पुसदेखिबाट राजनीतिक नियुक्ति दिने आश्वासन दिएछन् । उनलाई झन झोक चलेछ । उनले पाण्डेलाई तपाईं जानुस् म तपाईंको कार्यक्रममा आउंछु भन्दै हस्पिटलको बाटो हुंदै माडीको सभामा गएर प्रचण्डका हातको टिका लगाएछन् । त्यो भिडियो सबैभन्दा बढी भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com