काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली फेरि मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानु भएको छ ।
एपेन्डिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पताल बसेर डिस्चार्ज भएका प्रधानमन्त्री ओली मंगलबार साँझ फेरि अस्पताल पुग्नु भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित डायलाइसिसका लागि अस्पताल गएको जानकारी दिनुभयो । ुनियमित डाइलासिसका निम्ति साँझ मनमोहन सेन्टर महाराजगन्ज जानुभएको छ। उहाँ आजै निवास फर्कनुहुनेछु उहाले भन्नुभयो । ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो। शल्यक्रिया गरेको १० दिनपछि १९ गते डिस्चार्ज हुनुभएको थियो । प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि केही समययता नियमित डायलाइसिस हुँदै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्