काठमाडौं, २४ मंसिर । काठमाडौंमा एक युवतीले आफ्ना प्रेमीलाई बोलाएर लिंग छे दन गरिदिएकी छन्। लामो समयसम्म प्रेम सम्बन्ध रहेका प्रेमीले धोका दिन खोजेपछि उनले यस्तो गरेकी बताएकी छिन्। अन्तिम पटक भेट्न बोलाएर प्रेमीकाले यस्तो गरेको बताइएको छ। काठमाडौंको कपन स्थित कोठामा युवतीले प्रेमीलाई बोलाएकी थिइन्।
काठमाडौं महानगरपालका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले प्रेमीको लिंग छे दन गरेको प्रहरीको भनाई छ। युवक मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवार हुन्। सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ।
युवक र युवती हायात होटलमा काम गर्छन। उनीहरुको कामकै शिलसिलामा प्रेम बसेको थियो। दुवै जना फरक धर्मका भएका कारण परिवारका सदस्यले उनीहरुको सम्बन्धलाई स्वीकार गरेका थिएनन्।
जसका कारण केटा केटीबाट टाढा हुन थाल्यो। तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव समेत युवतीसंग राखेका थिए। युवकले यस्तो प्रस्ताव राखेपछि दुईजनाबीच फोनमा समेत कुरा हुन छोडेको थियो।
तर युवतीले अन्तिम पल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र यस्तो अवस्थामा पुर्याइदिएको प्रहरीले जनाएको छ। प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्