ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट सुरु भएको साग खेलकुदको इतिहास कस्तो ?


एबीसी न्यूज

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालबाट सुरु भएको थियो ।

सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग गेम्स सुरु भएको थियो । र, ३५ वर्षपछि साग खेलकुदको १३ औं संस्करण नेपालमा आयोजना भएको हो ।

नेपालमा तय भएको साग गेम्स आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुदैछ । नेपालले तेस्रो पटक साग खेलकुद आयोजना गर्न लागेको हो । नेपालले सन् १९९९ मा दोस्रो पटक साग गेम्स सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

१३ औं साग गेम्स सफल बनाउन अहिले नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय निकै मेहेनत गरिरहेको छ । किनकि यस प्रतियोगितासँगै नेपालको प्रतिष्ठा समेत जोडिएको छ ।

साग खेलकुदको इतिहास कस्तो रु साग इतिहास र सागमा नेपालले बनाएको इतिहासबारे तल चर्चा गरेका छौं ।

साग खेलकुदको जन्म

सन् १९८२ मा भारतको नयाँ दिल्लीमा एसियाली खेलकुद प्रतियोगिता आयोजना भएको थियो । र, दक्षिण एसियाली राष्ट्रमा भएको पहिलो ठूलो खेल प्रतियोगिता त्यहिँ थियो ।

तर, प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रका खेलाडीले निकै कम पदक ल्याउन सफल भए । उक्त प्रतियोगितामा धेरै पदक जित्न असफल भएपछि दक्षिण एसियाली राष्ट्रले ओलम्पिक, एसियाली खेलकुद जस्ता ठूला प्रतियोगितामा पदक जित कठिन हुने भन्दै आफ्नो क्षेत्रको छुट्टै प्रतियोगिता आयोजना गर्ने सोच बनाए ।

नयाँ दिल्लीको एसियाली खेलकुदकै अवसरमा नेपालले नै पहिलो पटक क्षेत्रीय खेलकुदका रुपमा दक्षिण एसियाली खेलकुद हुनुपर्छ भन्ने सोच अघि सारेको थियो ।

सागको योजनाकार

दक्षिण एसियाली खेलकुदको योजनाकार राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिब शरदचन्द्र शाह हुन् । नेपाली खेलकुदमा लामो समय राज गरेका शाहले लामो कसरतपछि साग खेलकुदको अवधारणा कार्यन्वयन गराउन सफल भएका थिए ।

नेपाली खेलकुद इतिहासमा शाहको विरोधी र समर्थक उत्तिकै छन् । तीनै शाहले दक्षिण एसियाली देशको आफ्नो अलगै क्षेत्रीय प्रतियोगिता हुनुपर्छ भन्ने अवधारणा ल्याएका थिए । तर, शाहको यो अवधारणा कार्यन्वयन हुन भने सात वर्षभन्दा बढी समय लागेको थियो ।

साग गेम्सको लागि सन् १९८२ को नोभेम्बरमा दक्षिण एसियाली खेलकुद महासंघको स्थापना गरिएको थियो । सुरुवातमा महासंघमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरि ५ राष्ट्र सदस्य रहेको थियो । त्यसको एक वर्षपछि भुटान र माल्दिभ्स थपिएको थियो ।

पहिलो संस्करणमा पाँच खेल

नेपालले सन् १९८४ मा पहिलो पटक आयोजना गरेको साग खेलकुद हालको जतिको बृहत थिएन । पहिलो संस्करणमा मात्र पाँच खेल समावेश गरिएको थियो । पहिलो संस्करणमा एथलेटिक्स, पौडी, फुटबल, बक्सिङ र भारोत्तोलन खेल राखिएको थियो ।

त्यसपछिका संस्करणमा भने खेलहरु थप गर्दै लगिएको छ । १३ औं संस्करणमा २७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो देखि १३ औंसम्म लगातार समावेश भएको खेलमा एथलेटिक्स, पौडी, फुटबल र बक्सिङ रहेको छ । पहिलो संस्करणमा रहेको खेल भारोत्तोलन भने छैटौं संस्करणमा समावेश गरिएको थिएन ।

काठमाडौंमा भएको संस्करणमा नेपालले कुल ४ स्वर्ण, १२ रजत तथा ८ काँस्य जितेको थियो ।

१५ महिनामै दोस्रो संस्करण

दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण आयोजना गर्ने अवसर बंगलादेशले पाएको थियो । तर , भौतिक पूर्वाधार देखि तयारीको अभावमा बंगलादेशले प्रतियोगिता गर्न असफल भयो । जसको कारण पहिलो संस्करण जिम्मा नेपालले पायो । त्यसमा नेपाल सफल भयो ।

पहिलो संस्करण गर्न नसकेको बंगलादेशलाई दोस्रो संस्करण आयोजना गर्न निकै हतार भयो । जसको फलस्वरूप बंगलादेशले १५ महिना नबित्दै ढाकामा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्यो ।
सन् १९८५ को डिसेम्बर २० देखि २६ सम्म भएको प्रतियोगितामा सात खेल समावेश गरिएको थियो ।

उक्त सागमा एथ्लेटिक्स, बक्सिङ, फुटबल, भारोत्तोलन, पौडी, कपर्दी र कुस्ती समावेश गरिएको थियो । जसमा ४ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालको पहिलो स्वर्ण

साग खेलकुदमा नेपाललाई पहिलो पदक दिलाउने खेल हो बक्सिङ । सागमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाउने खेलाडी हुन् ( पुष्करध्वज शाही ।

नेपालमा भएको सागमा पुष्करले लाइट फ्लाइवेट ४८ केजी तौल समूहमा स्वर्ण जितेका थिए । फाइनलमा पुष्करले श्रीलंकाका रत्न सुरियालाई पराजित गरेका थिए ।

नेपाली बक्सिङले पाएको उत्कृष्ट खेलाडीमध्ये पुष्कर एक अब्बल दर्जाका खेलाडी थिए ।

यस्तै नेपालका अर्का बक्सिङ स्टार दलबहादुर राणामगरले ६० किलोग्राम तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका थिए ।दलबहादुरले भारतीय प्रतिद्धन्द्धी एस जयरामलाई हराएका थिए ।

पहिलो महिला पदकधारी

पहिलो संस्करणको सागमै नेपालका महिला खेलाडीले पदक जितेको इतिहास रहेको छ ।

पहिलो संस्करणमा नेपालले ४ स्वर्ण, १२ रजत तथा ८ काँस्य जितेको थियो । उक्त संस्करणमा पौडीबाट नेपाली महिला खेलाडीले काँस्य पदक जितेका थिए ।

पौडीको महिला चार गुणा सय मिटर फ्रि स्टाइलमा शारदा लेप्चा, अर्चना थापा, इन्दिरा चाम्लिङ तथा नीलाम तुलाधरको टिमले नेपाललाई काँस्य पदक दिलाएका थिए । उनीहरुले उक्त स्पर्धा ६ मिनेट ४१ दशमलव ६९ सेकेन्डमा पुरा गरेका थिए।

बैकुण्ठ मानन्धरको पहिलो स्वर्ण

म्याराथन धावक बैकुण्ठ मानन्धर नेपाली खेलकुद र साग खेलकुदको लिजेण्ड हुन् । र, बैकुण्ठले काठमाडौंमा भएको पहिलो संस्करणमै स्वर्ण जितेर आफुलाई लिजेण्डको बाटो देखाएका थिए ।

पहिलो संस्करणमा म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन राखिएको थियो । र, बैकुण्ठ पहिलो स्थानमा रहदै दशरथ रंगशाला प्रवेश गरेका थिए । उक्त सागमा नेपाललाई स्वर्ण दिलाउन बैकुण्ठले २ घण्टा २७ मिनेट ११ सेकेन्डमा दौड पुरा गरेका थिए ।

बैकुण्ठले नेपालकै अर्जुन पण्डितलाई ११ मिनेटले पछि बनाएका थिए । यस्तै भारतका जोगिन्दर सिंह तेस्रो भएका थिए ।

बैकुण्ठ पहिलो देखि लगातार तेस्रो संस्करणसम्म स्वर्ण जित्ने पहिलो एथलेटिक्स धावक हुन् । तेस्रो सागमा बैकुण्ठले बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको समय अहिले पनि कीर्तिमानका रूपमा कायमै रहेको छ ।

नेपालको एकैमात्र स्वर्ण

नेपालले आयोजना गरेको पहिलो संस्करणको १५ महिनामै बंगलादेशले दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्यो । तर, नेपालले पहिलो संस्करणको प्रदर्शन जोगाउन सकेन ।

सन् १९८५ को डिसेम्बर २० देखि २६ सम्म ढाकामा आयोजना भएको प्रतियोगितामा नेपालले मात्र एक स्वर्ण पदका हात पार्यो । उक्त पदक म्याराथन धावक बैकुण्ठ मानन्धरले दिलाएका थिए ।

बैकुण्ठले २ घन्टा २२ मिनेट ७ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । म्याराथनमै नेपालका कृष्ण बस्नेतले काँस्य पदक जिते ।

स्वर्ण जित्ने सबै महिला ९पाँचौ साग, श्रीलङ्का,कोलम्बो (९डिसेम्बर २२–३१)

साग इतिहासमा पाँचौं संस्करण नेपाली महिला खेलाडीहरुको लागि सधै गर्व गर्न लायक रहेको छ । किनकी सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न सागमा नेपालबाट स्वर्ण जित्ने सबै खेलाडी महिला मात्र थिए ।

डिसेम्बर २२ देखि ३१ सम्म आयोजना भएको सागमा नेपालले दुई स्वर्ण जितेको थियो । नेपालले टेबलटेनिस र सुटिङमा १–१ स्वर्ण जितेको थियो । संयोग स्वर्ण जित्ने सबै खेलाडी महिला खेलाडी थिईन् ।

सुटिङतर्फ ऐतिहासिक स्वर्ण दिलाउने अनिता श्रेष्ठ रहेकी थिईन् । उनले एयर राइफल ४० सट व्यक्तिगतमा ३ सय ८० अंक ल्याएर पहिलो भइन् ।

टेबलटेनिसतर्फ महिला टिम स्पर्धामा नेपालले स्वर्ण जितेको थियो । नेपाली टिमका सदस्यमा गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा र नीलम तुलाधर रहेका थिए ।

फुटबलमा ऐतिहासिक सफलता

बंगलादेशमा सम्पन्न छैटौं सागमा नेपाली फुटबल टिमले ऐतिहासिक सफलता प्राप्त गर्यो ।

सन् १९९३ को डिसेम्बर २०–२७ सम्म आयोजना भएको प्रतियोगितामा नेपालको पुरुष टिमले स्वर्ण जितेको थियो ।

फाइनलमा नेपालले भारतलाई टाईब्रेकरमा हराएर स्वर्ण पदक जितेको थियो । नेपालले अन्तराष्ट्रिय फुटबलमा भारतलाई हराएको यो नै पहिलो अवसर थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com