ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट सुरु भएको साग खेलकुदको इतिहास कस्तो ?


एबीसी न्यूज
मंसिर २४, २०७६ मंगलबार  १२ : ५० बजे

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालबाट सुरु भएको थियो ।

सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग गेम्स सुरु भएको थियो । र, ३५ वर्षपछि साग खेलकुदको १३ औं संस्करण नेपालमा आयोजना भएको हो ।

नेपालमा तय भएको साग गेम्स आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुदैछ । नेपालले तेस्रो पटक साग खेलकुद आयोजना गर्न लागेको हो । नेपालले सन् १९९९ मा दोस्रो पटक साग गेम्स सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

१३ औं साग गेम्स सफल बनाउन अहिले नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय निकै मेहेनत गरिरहेको छ । किनकि यस प्रतियोगितासँगै नेपालको प्रतिष्ठा समेत जोडिएको छ ।

साग खेलकुदको इतिहास कस्तो रु साग इतिहास र सागमा नेपालले बनाएको इतिहासबारे तल चर्चा गरेका छौं ।

साग खेलकुदको जन्म

सन् १९८२ मा भारतको नयाँ दिल्लीमा एसियाली खेलकुद प्रतियोगिता आयोजना भएको थियो । र, दक्षिण एसियाली राष्ट्रमा भएको पहिलो ठूलो खेल प्रतियोगिता त्यहिँ थियो ।

तर, प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रका खेलाडीले निकै कम पदक ल्याउन सफल भए । उक्त प्रतियोगितामा धेरै पदक जित्न असफल भएपछि दक्षिण एसियाली राष्ट्रले ओलम्पिक, एसियाली खेलकुद जस्ता ठूला प्रतियोगितामा पदक जित कठिन हुने भन्दै आफ्नो क्षेत्रको छुट्टै प्रतियोगिता आयोजना गर्ने सोच बनाए ।

नयाँ दिल्लीको एसियाली खेलकुदकै अवसरमा नेपालले नै पहिलो पटक क्षेत्रीय खेलकुदका रुपमा दक्षिण एसियाली खेलकुद हुनुपर्छ भन्ने सोच अघि सारेको थियो ।

सागको योजनाकार

दक्षिण एसियाली खेलकुदको योजनाकार राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिब शरदचन्द्र शाह हुन् । नेपाली खेलकुदमा लामो समय राज गरेका शाहले लामो कसरतपछि साग खेलकुदको अवधारणा कार्यन्वयन गराउन सफल भएका थिए ।

नेपाली खेलकुद इतिहासमा शाहको विरोधी र समर्थक उत्तिकै छन् । तीनै शाहले दक्षिण एसियाली देशको आफ्नो अलगै क्षेत्रीय प्रतियोगिता हुनुपर्छ भन्ने अवधारणा ल्याएका थिए । तर, शाहको यो अवधारणा कार्यन्वयन हुन भने सात वर्षभन्दा बढी समय लागेको थियो ।

साग गेम्सको लागि सन् १९८२ को नोभेम्बरमा दक्षिण एसियाली खेलकुद महासंघको स्थापना गरिएको थियो । सुरुवातमा महासंघमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरि ५ राष्ट्र सदस्य रहेको थियो । त्यसको एक वर्षपछि भुटान र माल्दिभ्स थपिएको थियो ।

पहिलो संस्करणमा पाँच खेल

नेपालले सन् १९८४ मा पहिलो पटक आयोजना गरेको साग खेलकुद हालको जतिको बृहत थिएन । पहिलो संस्करणमा मात्र पाँच खेल समावेश गरिएको थियो । पहिलो संस्करणमा एथलेटिक्स, पौडी, फुटबल, बक्सिङ र भारोत्तोलन खेल राखिएको थियो ।

त्यसपछिका संस्करणमा भने खेलहरु थप गर्दै लगिएको छ । १३ औं संस्करणमा २७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो देखि १३ औंसम्म लगातार समावेश भएको खेलमा एथलेटिक्स, पौडी, फुटबल र बक्सिङ रहेको छ । पहिलो संस्करणमा रहेको खेल भारोत्तोलन भने छैटौं संस्करणमा समावेश गरिएको थिएन ।

काठमाडौंमा भएको संस्करणमा नेपालले कुल ४ स्वर्ण, १२ रजत तथा ८ काँस्य जितेको थियो ।

१५ महिनामै दोस्रो संस्करण

दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण आयोजना गर्ने अवसर बंगलादेशले पाएको थियो । तर , भौतिक पूर्वाधार देखि तयारीको अभावमा बंगलादेशले प्रतियोगिता गर्न असफल भयो । जसको कारण पहिलो संस्करण जिम्मा नेपालले पायो । त्यसमा नेपाल सफल भयो ।

पहिलो संस्करण गर्न नसकेको बंगलादेशलाई दोस्रो संस्करण आयोजना गर्न निकै हतार भयो । जसको फलस्वरूप बंगलादेशले १५ महिना नबित्दै ढाकामा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्यो ।
सन् १९८५ को डिसेम्बर २० देखि २६ सम्म भएको प्रतियोगितामा सात खेल समावेश गरिएको थियो ।

उक्त सागमा एथ्लेटिक्स, बक्सिङ, फुटबल, भारोत्तोलन, पौडी, कपर्दी र कुस्ती समावेश गरिएको थियो । जसमा ४ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालको पहिलो स्वर्ण

साग खेलकुदमा नेपाललाई पहिलो पदक दिलाउने खेल हो बक्सिङ । सागमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाउने खेलाडी हुन् ( पुष्करध्वज शाही ।

नेपालमा भएको सागमा पुष्करले लाइट फ्लाइवेट ४८ केजी तौल समूहमा स्वर्ण जितेका थिए । फाइनलमा पुष्करले श्रीलंकाका रत्न सुरियालाई पराजित गरेका थिए ।

नेपाली बक्सिङले पाएको उत्कृष्ट खेलाडीमध्ये पुष्कर एक अब्बल दर्जाका खेलाडी थिए ।

यस्तै नेपालका अर्का बक्सिङ स्टार दलबहादुर राणामगरले ६० किलोग्राम तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका थिए ।दलबहादुरले भारतीय प्रतिद्धन्द्धी एस जयरामलाई हराएका थिए ।

पहिलो महिला पदकधारी

पहिलो संस्करणको सागमै नेपालका महिला खेलाडीले पदक जितेको इतिहास रहेको छ ।

पहिलो संस्करणमा नेपालले ४ स्वर्ण, १२ रजत तथा ८ काँस्य जितेको थियो । उक्त संस्करणमा पौडीबाट नेपाली महिला खेलाडीले काँस्य पदक जितेका थिए ।

पौडीको महिला चार गुणा सय मिटर फ्रि स्टाइलमा शारदा लेप्चा, अर्चना थापा, इन्दिरा चाम्लिङ तथा नीलाम तुलाधरको टिमले नेपाललाई काँस्य पदक दिलाएका थिए । उनीहरुले उक्त स्पर्धा ६ मिनेट ४१ दशमलव ६९ सेकेन्डमा पुरा गरेका थिए।

बैकुण्ठ मानन्धरको पहिलो स्वर्ण

म्याराथन धावक बैकुण्ठ मानन्धर नेपाली खेलकुद र साग खेलकुदको लिजेण्ड हुन् । र, बैकुण्ठले काठमाडौंमा भएको पहिलो संस्करणमै स्वर्ण जितेर आफुलाई लिजेण्डको बाटो देखाएका थिए ।

पहिलो संस्करणमा म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन राखिएको थियो । र, बैकुण्ठ पहिलो स्थानमा रहदै दशरथ रंगशाला प्रवेश गरेका थिए । उक्त सागमा नेपाललाई स्वर्ण दिलाउन बैकुण्ठले २ घण्टा २७ मिनेट ११ सेकेन्डमा दौड पुरा गरेका थिए ।

बैकुण्ठले नेपालकै अर्जुन पण्डितलाई ११ मिनेटले पछि बनाएका थिए । यस्तै भारतका जोगिन्दर सिंह तेस्रो भएका थिए ।

बैकुण्ठ पहिलो देखि लगातार तेस्रो संस्करणसम्म स्वर्ण जित्ने पहिलो एथलेटिक्स धावक हुन् । तेस्रो सागमा बैकुण्ठले बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको समय अहिले पनि कीर्तिमानका रूपमा कायमै रहेको छ ।

नेपालको एकैमात्र स्वर्ण

नेपालले आयोजना गरेको पहिलो संस्करणको १५ महिनामै बंगलादेशले दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्यो । तर, नेपालले पहिलो संस्करणको प्रदर्शन जोगाउन सकेन ।

सन् १९८५ को डिसेम्बर २० देखि २६ सम्म ढाकामा आयोजना भएको प्रतियोगितामा नेपालले मात्र एक स्वर्ण पदका हात पार्यो । उक्त पदक म्याराथन धावक बैकुण्ठ मानन्धरले दिलाएका थिए ।

बैकुण्ठले २ घन्टा २२ मिनेट ७ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । म्याराथनमै नेपालका कृष्ण बस्नेतले काँस्य पदक जिते ।

स्वर्ण जित्ने सबै महिला ९पाँचौ साग, श्रीलङ्का,कोलम्बो (९डिसेम्बर २२–३१)

साग इतिहासमा पाँचौं संस्करण नेपाली महिला खेलाडीहरुको लागि सधै गर्व गर्न लायक रहेको छ । किनकी सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न सागमा नेपालबाट स्वर्ण जित्ने सबै खेलाडी महिला मात्र थिए ।

डिसेम्बर २२ देखि ३१ सम्म आयोजना भएको सागमा नेपालले दुई स्वर्ण जितेको थियो । नेपालले टेबलटेनिस र सुटिङमा १–१ स्वर्ण जितेको थियो । संयोग स्वर्ण जित्ने सबै खेलाडी महिला खेलाडी थिईन् ।

सुटिङतर्फ ऐतिहासिक स्वर्ण दिलाउने अनिता श्रेष्ठ रहेकी थिईन् । उनले एयर राइफल ४० सट व्यक्तिगतमा ३ सय ८० अंक ल्याएर पहिलो भइन् ।

टेबलटेनिसतर्फ महिला टिम स्पर्धामा नेपालले स्वर्ण जितेको थियो । नेपाली टिमका सदस्यमा गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा र नीलम तुलाधर रहेका थिए ।

फुटबलमा ऐतिहासिक सफलता

बंगलादेशमा सम्पन्न छैटौं सागमा नेपाली फुटबल टिमले ऐतिहासिक सफलता प्राप्त गर्यो ।

सन् १९९३ को डिसेम्बर २०–२७ सम्म आयोजना भएको प्रतियोगितामा नेपालको पुरुष टिमले स्वर्ण जितेको थियो ।

फाइनलमा नेपालले भारतलाई टाईब्रेकरमा हराएर स्वर्ण पदक जितेको थियो । नेपालले अन्तराष्ट्रिय फुटबलमा भारतलाई हराएको यो नै पहिलो अवसर थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com