काठमाडौं, २३ मंसिर । दक्षिण एसियाली खेलकुदको भोलि समापन हुँदैछ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भव्यताका समापन कार्यक्रम आयोजना हुने बताउनुभएको छ ।
समापन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्ने तयारी गरिएको छ। डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशबाट सम्बोधन गर्नुहुने छ भने त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुँदै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नुहुने छ ।
भोलि १२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिनुभयो । उहाका अनुसार त्यसपछि फुटबलको फाइनल खेल हुनेछ।
दशरथ रंगशालको १२ हजार क्षमता भए पनि ८ हजार मात्र टिकट बिक्री गरेको आयोजकले जनाएको छ । त्रिपुरेश्वरतर्फ एकपट्टि भुटान जोन छुट्याएको र नेपाली त्यहाँ जाने नमिल्ने समापन समारोहको योजनाबारे सुनाउँदै सदस्य सचिव सिलवालले भने। समापन समारोहमा कर्मचारीलाई पनि कार्डबिना प्रवेश नदिइने समेत सिलवालले बताउनुभयो ।
भोलि उत्तरपट्टिको सबै गेट बन्द रहनेछन्। पासको हकमा अत्यावश्यक बाहेक अरुलाई पास उपलब्ध नगरेको सिलवालले बताए। पूर्व फूटबल खेलाडी, मेडल जितेका खेलाडी लगायतलाई भने प्रवेशमा समस्या आयोजकले दावी गरेको छ । समापन समारोहका प्रमुख अतिथि उप प्रधान मन्त्री इश्वर पोखरेल हुनुहुने छ भने पोखरेलले खेललाई मात्र लिएर विशेष सम्वोधन गर्ने सिलवालले बताउनुभयो ।
‘स्पेसल प्याकेज। आउँछ,’ सिलवालले मुस्कुराउँदै भन्नुभयो । प्रधानमन्त्रिले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्नुहुने सदस्य सचिव शिलवालले जानकारी दिनुभयो। भोलिको लागि आर्मीको गेटबाट प्रवेश गर्नुपर्ने छ। भिआइपि पट्टि अलि स्ट्रिक हुने उहाँ भन्नुभयो ।
त्यस्तै, टिकेट पाउन नसकेकाहरुलाई ठूला स्क्रिन ठाउँठाउँमा व्यवस्था गरेको आयोजकले बताएको छ । समापन समारोह डेढ घन्टाभित्र सकिने सिलवालले जानकारी दिनुभयो। टिकट नपाएकाहरुलाई एलइडी र टीभिमा खेल हेरेर समर्थन गर्न समेत उहाँले आग्रह गर्नुभयो । औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ। पाकिस्तानले चाहे आधा घन्टा कार्यक्रम हुने र नचाहे सांस्कृतिक कार्यक्रम शुरु हुनेछ। पाकिस्तानको ओलम्पिक कमिटी अध्यक्ष, शिक्षा सचिव लगायतका पदाधीकारी समापन समारोह र झन्डा हस्तान्तरणका लागि नेपाल आइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्