काठमाडौं, २३ मंसिर । सोमबार दिउँसो वसन्तपुर दरबार क्षेत्रको प्रांगणमा काठमाडौं उपत्यकाका विभिन्न स्कुल तथा कलेजका विद्यार्थी नेपालको नक्शा कोर्दै थिए । उनीहरुले कोरेको नक्सा यसअघि कोरेको भन्दा फरक छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अनुसार यी विद्यार्थीले कोरेको नक्शा नेपालको पूर्ण नक्सा हो ।
यो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समावेश गरिएको छ । भारतले नेपालको कालापानी र लिपुलकेक क्षेत्रलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसलाई सच्याउन माग गरेको छ । तर पनि भारतले अटेरी गरेको भन्दै नागरिकस्तरबाट र विभिन्न राजनीतिक दलहरुले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । नेपाल विद्यार्थी संघको ‘चिनौँ सिमाना जोगाऔँ माटो’ अभियान अन्तर्गत विद्यार्थीलाई नक्शा कोर्न लगाएको नेविसंघ नेता नवराज त्रिपाठीले बताउनुभो ।
प्रतिक्रिया दिनुहोस्