काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ ।
६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खखेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् ।
यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । यसैवीच नेपालकी पुनम श्रेष्ठले जुडोमा स्वर्ण पदक जितेकी छिन्। उनले ७८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। यस स्पर्धामा भारतकी नभनित कउरले रजत र श्रीलंकाका विबुशना गेदाराले कांस्य पदक हात पारेका छन्। यससँगै जारी सागमा नेपालको स्वर्ण सङ्ख्या ४८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्