काठमाडौं, २३ मंसिर । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ ।
आज दिउसोपार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको थियो । बैठकमाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीले विगतमा जितेका कतिपय स्थान गुमाएपछि संस्थागतरुपमा समीक्षाका भएको थियो ।
यसअघि यही मङ्सिर १८ गतेको सचिवालय बैठकले सम्बन्धित जिल्ला र वडा कमिटीलाई समीक्षा प्रतिवेदन दिन निर्देशन दिएकामा सो प्रतिवेदन प्राप्त भएको नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
यसैवीच पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
यो बैठक कम्तीमा दुई दिन चल्नेछ । बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशनसमेत दिएको प्रवक्ता नाराणककाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको सचिवालय बैठकले नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा समते अस्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्