ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन मन्त्रालय : राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक


admin
मंसिर २३, २०७६ सोमबार  २ : ३८ बजे

काठमाडौं, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव २०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख पाइएको हो । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २२ वटा आयोजनामध्ये पर्यटन मन्त्रालय मातहत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ दशमलव २५ र वित्तीय प्रगति ५४ प्रतिशत रहेको छ । सन् २०२० को मार्च महिनाभित्रै सञ्चालनको तयारीमा रहेको टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । विमानस्थलको नयाँ रनवे ‘एचडिपी’ पाइप लेआउट र ‘एचटी’ केवल लेआउट तयार भएको, ट्याक्सी वे मार्किङ कार्य, नयाँ रनवे प्रशासन भवन आइटिबी भवनलगायत निर्माण कार्य जारी रहेको प्रगति विवरणमा उल्लेख छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । विमानस्थलको कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ । भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आउनुभएको छ । यो आयोजनका लागि दुवै चरणमा गरी रु ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने जनाइएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति तीन प्रतिशत रहेको छ । निर्धारित समय सन् २०२१ भन्दा अगाडि नै सञ्चालनमा ल्याउने गरी आयोजनाको काम प्रभावकारी रुपमा भइरहेको छ । विमानस्थलको हाल एप्रोन एरियामा फायर फाइटिङ वाटर लाइन विस्तार, ह्याङ्गर भवनमा ट्रस, सेन्ट्रल टावर, टर्मिनल भवनलगयत निर्माण कार्य जारी रहेको छ । बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन । रूख कटानको विवादले आयोजनाको काममा ढिलाइ भइरहेको छ । निजगढ विमानस्थलको हाल वित्तीय प्रगति १५.५ रहेको छ भने भौतिक प्रगति शून्य छ ।

विमानस्थलको चार किल्ला तोक्ने तारबार गर्ने तथा मुआब्जा वितरणको काम भइरहेको छ । ‘साइट क्लियरेन्स’ को खाका तयार गरी मन्त्रालयमा छलफल भइरहेको उक्त विमानस्थलका सम्बन्धमा केही दिनअघि सर्वोच्च अदालतले अन्तरिम आदेश जरी गर्दै विमानस्थलको कामलाई तत्काल अगाडि नबढाउन निर्देशन दिएको थियो । सरकारले निजगढ विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको भए पनि सर्वोच्चको आदेशले आयोजनामा ढिलाइ हुने सङ्केत देखापरेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट एजी लाई छनोट गरेको थियो । बोर्डले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनोट गरी विस्तृत प्रतिवेदन माग गरेको थियो ।

अन्तर्राष्ट्रिय मापदण्डको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कूल ८ हजार हेक्टर क्षेत्रफलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । ३ हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गरिनेछ । यो विमानस्थलले वार्षिक ६ करोड यात्रुको चाप धान्ने बताइन्छ । आरएफपी मूल्याङ्कनपछि उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारी पिपिपी मा विमानस्थल निर्माण गरिने जनाइएको छ । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० भइसकेको छ । सरकारले कमभन्दा कम वन क्षति हुने गरी विमानस्थल निर्माण गर्ने जनाएको छ ।

त्यसैगरी मन्त्रालय मातहतको लुम्बिनी विकास कोषको चालू आवको कात्तिक सम्ममा भौतिक प्रगति ८५ र वित्तीय प्रगति ७८ दशमलव ५० रहेको छ । लुम्बिनी क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी विकास र प्रवद्र्धन गर्ने काम भइरहेको, रामग्रामको गुरुयोजना तयार भई आरएफपी जारी गर्ने कार्य शुरु भएको तथा पाँच हजार बिरुवाको वृक्षारोपण भइसकेको मन्त्रालयले जनाएको छ । पशुपति विकास कोषको भौतिक प्रगति ६० र वित्तीय प्रगति ४० प्रतिशत रहेको छ । पशुपति क्षेत्र लगायतको गुरुयोजना तयार गरी विकास र प्रवद्र्धन गर्ने मुख्य क्रियाकलाप अघि बढाइएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com