ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमान् देखेपछि टुलुटुलु हेरिरहिन्, अनि यसरी बयान फेरिन् पीडित महिलाले


admin

काठमाडौं, २२ मंसिर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमान्लाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमान्लाई प्रहरी नियन्त्रणमा पु¥यायो ।

प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । “श्रीमान्लाई कारवाही नै हुनुपर्छ भनेर उजुरी दिएँ”, उनले भनिन्, “प्रहरी अगाडि श्रीमान्लाई उभ्याउँदा उहाँका गल्तीहरु सबै बिर्सिएँ, मनमा एकाएक परिवर्तन आयो, जति गल्ती गरे पनि मन पग्लियो ।” एकछिन अघि कारवाहीको उजुरी लिएर गएकी उनले फेरेको बयानले प्रहरीलाई हिंसाको उजुरी होइन, मिलापत्र गराएर पठाउन बाध्य बनायो ।

मदिरा नपाएको निहुँमा श्रीमान्बाट दिनहुँ कुटिन बाध्य वीरेन्द्रनगर नगरपालिका–३ की अर्की एक महिलाको कथा पनि उस्तै छ । दिनभरिको घरव्यवहार र साँझ मदिराको झाँेकमा श्रीमान्को कुटाइले गर्दा शरीरको कुनै अङ्ग नै बाँकी थिएन । जति कुटे पनि चुपचाप सहँदै आएकी उनी छिमेकीले सोधे बिरामी भएको जवाफ दिँदै आएकी थिइन् । एक दिन अति नै भएपछि माइतीको साथ लागेर प्रहरी कार्यालयमा उजुरी दिइन् । उजुरीपछि दुवै पक्षलाई उपस्थित गराएर छलफल भयो । माइती बोकेर प्रहरी कार्यालय पुगेकी उनी एकाएक परिवर्तन भइन् । एकछिन अघिसम्म हिम्मतका साथ श्रीमान्लाई कारवाही गर्न पुगेकी उनको ‘मिलापत्र गर्ने’ जवाफ आएपछि प्रहरी उजुरी प्रक्रिया त्यही रोक्न बाध्य भयो ।

दोस्रो विवाह गरेको थाहा पाएपछि उजुरी दिन प्रहरी चौकी पुगेकी पूर्वी सुर्खेतकी एक २६ वर्षीया महिलालाई श्रीमान्को फोनले मन पगाल्यो । सौता हालेको थाहा पाएपछि प्रहरी चौकी पुगेकी उनलाई श्रीमान्ले फोनबाटै उजुरी नगर्न दबाब दिए । उनी भन्छिन्, “अन्याय भयो भनेर प्रहरीमा जाने आँट गरेँ तर कारवाहीका लागि उजुरी दिन सकिनँ ।” प्रहरीमा मुद्दा दिएपछि आफ्नो जागिर जाने र सबैको बिचल्ली हुने श्रीमान्को बिलौनाले उनको मन पग्लियो । उनी भन्छिन, “श्रीमान्को बिलौनापछि उजुरी दर्ता गराउन आँट नै आएन, जे भए पनि आफ्नैलाई जेल पठाएर कसरी बस्न सकिन्छ जस्तो लाग्यो अनि उजुरी दिन सकिनँ ।”

घरेलु हिंसा र बहुविवाह सहन बाध्य माथिका तीन महिला उदाहरण मात्र हुन् । उजुरी बोकेर जाने अधिकांश महिलाको प्रहरी कार्यालय पुग्दा मन पग्लिसकेको हुन्छ । हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन् । घरेलु हिंसापीडित अधिकांश महिलाले प्रहरीमा उजुरी गरे पनि मुद्दाको प्रक्रिया अघि नबढ्दै बयान फेर्दछन् । शुरुमा श्रीमान्लाई कारवाही प्रक्रियामै लैजाने सोचले उजुरी दिए पनि उनीहरुको मन परिवर्तन हुन्छ र अन्त्यमा मिलापत्रमै पुग्छन् । उनीहरु जति नै हिंसा सहे पनि अन्तिम विकल्प मिलापत्रलाई नै मान्दछन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०७४र७५ मा घरेलु हिंसाका ४५९ उजुरी दर्ता भएकामा ४०३ वटा उजुरी मिलापत्रबाट टुङ्गो लागेको थियो । प्रहरी कार्यालयको रेकर्डअनुसार मिलापत्र गराइएका अधिकांश उजुरी श्रीमान् र श्रीमतीबीचको झगडामा आधारित थिए । यस्तै आर्थिक वर्ष २०७५र७६ मा दर्ता भएका घरेलु हिंसाका ४६६ उजुरीमध्ये ३९४ उजुरीको मिलापत्रबाटै टुङ्गो लगाइएको थियो भने ७२ उजुरीलाई प्रहरीले अदालत लगेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यो वर्षको कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा प्रहरीमा पुगेका १९३ मध्ये १५५ वटा उजुरी मिलापत्र गरेर पठाइएको छ ।

प्रहरी कार्यालयको यो तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख डिला विकले उजुरी बोकेर आउने अधिकांश महिलाले प्रहरीमा पुगेपछि बयान बदल्ने बताउनुभयो । “घरपरिवार, बालबच्चा र समाजका कारणले नै हिंसा सहेर भए पनि महिलाहरु मिलापत्रमा जान्छन्”, उहाँले भन्नुभयो ।

प्रमुख विकका अनुसार प्रहरीमा आएका उजुरीबारे पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्नसक्ने उजुरीमा मिलापत्र गरेर पठाइन्छ । उजुरी दिए पनि प्रहरीमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको उहाँले अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “आमनेसामने बसेपछि श्रीमान्को बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com