ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तोकिएकाे भाडाबाहेक बढी भाडा नलिन यातायात मजदुरलाई आग्रह


admin
कार्तिक २७, २०७४ सोमबार   ४ : ५२   बजे

सपना थामी, काठमाडौ । २७, कात्तिक । राजधानीमा सवारी साधानको चाप, अव्यवस्थित सडक, सार्वजनिक यातायातमा भीडभाँड, ध्वनी तथा वायु प्रदुषण आम नागरिकमा टाउको दुखाईको विषय बनिरहेको छ । अव्यवस्थित सडक चापको कुरा एकातिर त छदै छ, सार्वजनिक यातायातमा यात्रु र चालक तथा परिचालक बीच कहिल्यै पनि सम्मानजनक व्यवहारको वातावरण नबन्नु अर्को दुर्भाग्यकाे विषय बनेको छ । सवारीसाधान, सडक, ट्राफिक व्यवस्थापन लगायतका विषयमा महानगरिय ट्रफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त आयोजनामा यातायात व्यवसायी तथा चालकहरुलाई काठमाडौंमा प्रशिक्षण दिईएको छ ।

करिब १३ वर्ष पछि काठमाडौमा यातायात व्यवसायी तथा मजदुरहरुलाई लिक्षत गर्दै प्रशिक्षणात्मक कार्यक्रम आयोजना भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ द्धारा यातायात व्यवसायी तथा मजदुरहरुका पेशा मर्यादिन र सम्मानजनक बनाईनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरेको देखिन्छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अव्यवस्थित यातायात चापलाई न्यूनीकरण गर्न ट्राफिक नियमको पालना गर्नुपर्छ भनेर सबैलाई थाहा भए पनि चालक र ट्राफिक प्रहरीबीच सकारात्मक सहकार्य कहिल्यै हुन नसकेको बताए । यातायात व्यवसायी तथा मजदुरहरुले देशको अर्थतन्त्रमा योगदान पुर्याइरहेको, देशको विकास निर्माणमा सहयोग गरिरहेको र आम नेपालीहरुको जीवन सरल बनाईरहेको भन्दै यातायात व्यवसाय एक मर्यादित पेशा भएको बताएका छन् । तर यात्रु तथा चालकहरु ट्राफिक नियमको अनुशासनमा चल्न नसकेका कारण सडक तथा यातायात व्यवसायको क्षेत्रका समस्या झन् बढीरहेको उनको भनाई छ । उनले कमीकमजोरीहरु ट्राफिक प्रहरीहरुमा पनि हुने भएकोले यस्ता गल्ति कमजोरीलाई सुधार्दै गएको र केही सुध्रिएको जानकारी समेत दिए । उनले विकसित मुलुकमा र हाम्रो देशबीच रहेको सडक तथा ट्राफिक व्यवस्थापन बीच भएको भिन्नता बारे छोटो प्रस्तुतीकरण राखेका थिए ।

कार्यक्रममा सार्वजनिक यातायातका सहचालकहरुले यात्रुलाई बढी पैसा लिएर ठगीरहेको विषय पनि उठाईएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला ले त सम्बन्धित निकायबाट चानचुन पैसाको व्यवस्था गरिनुपर्ने र तोकिएको भाडादर बाहेक अधिकतम भन्दा अधिकतम पैसा फिर्ता गरिदिन यातायात मजदुरहरुलाई अनुरोध पनि गरे । उनले यातायात मजदुरहरुलाई आफ्नो पेशालाई मर्यादित बनाउन सबैस“ग अनुशासित भएर व्यवहार गर्न र सभ्य पोशाक लगाउन समेत अनुरोध गरेका थिए । निकट भविष्यमा सार्वजनिक यातायातमा वैज्ञानिक ढंगबाट भाडा असुल्ने र यातायात व्यवसाय पनि प्रविधिमैत्री बनाईने उनले बताए । सार्वजनिक यातायातमा सहचालकहरुले १ रुपैंया मात्र बढी असुल गरेको पैसाले एक दिनमा २१ लाख उपभोक्ताले उपभोग गर्न सक्ने उनले बताए । देशमा सडकको अवस्थाप्रति चिन्तित हुदै उनले अबको कम्तिमा ५ वर्ष सवारीसाधन आयात गर्न बन्द गरिनुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डाेलनाथ खनालले यो कार्यक्रम यातायात क्षेत्रकाे ईतिहासको पहिलो कार्यक्रम भएको बताए । यातायात क्षेत्रको पेशा, लगानी र रोजगारलाई व्यवस्थित र मर्यादिन बनाउन व्यवसायी, ट्राफिक र मजदुर बीच सकारात्मक सहकार्य हुनुपर्ने उनले बताए । यात्रुको चाप र सडकको अवास्थको आधारमा सवारी साधनहरु आयात गरिनुपर्ने उनले बताए । आगामी दिनमा सवारी साधनको प्रकृतिअनुसारको चालक तथा सहचालकहरुलाई औपचारिक रुपमा लगाईने पोशाक बारे पनि आन्तरिक तयारी भईरहेको उनले जानकारी दिए । उनले सवारी साधान तथा यातायात व्यवसायको क्षेत्रमा सुधार गर्नुपर्ने धेरै काम रहेको र अहिले पनि सामान्य लाईसेन्सले नै हेबी लाईसेन्सका सवारीसाधानहरु चलिरहेको उनले बताए । ट्राफिक प्रहरी, यातायात मजदुर र व्यवसायी बीच एकअर्कालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने उनको भनाई छ ।

यातायात व्यवसायीहरु यस क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउनुपर्छ भनेर लागिरहेका छन् । सवारी साधन तथा व्यवस्थापनको क्षेत्रमा ट्राफिक प्रहरीहरु पनि दिनरात आ–आफ्नो पेशामा खटेकै छन् । तर पनि सार्वजनिक यातायातमा हिड्डुल गर्ने आम नागरिकलाई हुने सास्ती भने कहिल्यै घटेको छैन । सवारी चालक, यात्रु र ट्राफिक प्रहरी बीच जहिल्यै पनि लुकामारी खेले झैं एक्ले अर्कोलाई खेदो खन्ने क्रम जस्ताको तस्तै छ । यातायात व्यवसायलाई व्यवस्थित र अनुशासित बनाउन यी यस्तै सचेतनाका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्नेछ । यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरी बीच यी यस्ता विषयमा धेरै भन्दा धेरै अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना हुन जरुरी छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group