ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करणी पछि, २७ किलोमिटर टाढा लगेर जलाउनुपूर्व यस्तो सम्म गरे महिला डाक्टरलाई


एबीसी न्यूज


एजेन्सी । भारतको हैदराबादस्थित तेलंगनामा केही दिन अघि भएको एउटा घटनामा संलग्न चार जनालाई प्रहरीले इन्काउन्टर गरेको छ । २७ वर्षे महिला डाक्टरलाई करणीपछि हत्या गरेको घटनामा संलग्न चार जनालाई प्रहरीले यस्तो सजाए दिएको हो ।

शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार प्रहरीले महिलालाई घटना घटाएको स्थानमै गएर उनीहरुलाई प्रहरीले कारवाही गरेको हो । महिलालाई चार जनाले करणी पछि आगो लगाएका थिए । प्रहरीले सो घटना कसरी भएको हो भनेर सोधपुछ गरेर यस्तो गरेको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गर्न थाले पछि प्रहरीले यस्तो कारवाही गरेको हो । उनले पुलिसमाथि पनि जाइलागे ।

साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा मारिएको जानकारी दिए । आरोपीको प्रहारबाट २ प्रहरी पनि घाइते भएका छन् ।

खबर पाएपछि पीडितका परिवार खुसी भएका छन् । उनीहरुले आफुहरुलाई परेको पीडामा सहयोग गरेको प्रहरी र अन्य ब्यक्तिलाई धन्यवाद दिएका छन् । पीडितका बुवाले भने, ‘हाम्री छोरी मारिएको १० दिन भइसकेको छ । तेलंगना सरकार, पुलिस र जो व्यक्तिले मलाई सहयोग गरे, उनीहरुलाई बधाई । ’

यस्तै, पीडितकी बहिनीले पनि सो घटनामा आफ्नो प्रतिकृया दिएकी छन् । उनले सबै आरोपीलाई सकीदिएकोमा खुसी ब्यक्त गरेकी छन् । यो एउटा उदाहरणीय घटना हुनेछ, आशा छ भविष्यमा यस्तो घटना नदोहोरिएला । म पुलिस र तेलंगाना सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

सो घटना पछि अन्य सर्वसाधारण पनि घटनास्थलमा जम्मा भए । उनीहरुले प्रहरीका पक्षमा जिन्दावादको नारा समेत लगाए । पुलिसकर्मी र कमिश्नर सज्जनार जब घटनास्थल पुगे तब मानिसहरुले डिसीपी–एसीपी जिन्दाबादको नारा लगाएका थिए । पुलिसकर्मीमाथि पुष्प वृष्टि पनि गरिएको छ । पुलिसथाना अघिल्तिर पटाका पनि पड्काइएका छन् ।
तेलंगानाका कानूनमन्त्री ए इन्द्राकरण रेड्डीले एक समाचार च्यानलसँग भने, ‘भगवानले कानूनभन्दा अगाडि आरोपीलाई सजाय दिएको भन्दै प्रतिकृया दिएका छन् । उनीहरुमाथि जे भएको छ, त्यसले पूरा हिन्दुस्तानलाई खुसी दिएको छ । टिभीमा हामीले देखेका छौं कि आरोपीले पुलिसको ह’ति’यार लिएर भाग्ने कोसिस गरिरहेका थिए । जे भयो राम्रै भयो ।’

प्रियंका रेड्डी नामकी ती युवतीको स्कुटर पंक्चर भएको मौका छोपी उनीहरुले यो घटना घटाएका थिए । टोल प्लाजामा ति व्यक्तिले प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए । भोली पल्ट प्रियंकाको श’व फेला परेको थियो ।

यस्तो थियो घटना

भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रुरताको विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । सडकमा उत्रिएका नागरिकले महिला सुरक्षामाथि प्रश्न उठाएका छन् । यता पुलिको जाँचमा कैयौं खुलासा भएका छन् । घटनाका बेला भएका विभिन्न गतिविधिका भिडियोसँगै घटना विवरण पनि खुलेको आज तकले समाचार लेखेको छ ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई थर्काएर रक्सी खुवाए त्यसपछि सामूहिक करणी गरे । एक आरोपीले मुख र नाक दबाएर पीडितको ज्या’न लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हाले’र लाश जलाए । शवको नजि’कै पीडितको फोन घडी लुकाए ।

चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि रक्सी ल्याएका थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले ‘करणी गरेका थिए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आ’रिफले नै उनको मुख र नाक दबाएर हत्या ग’रेका थिए । उनैले पे’ट्रो’ल ख’न्या’एका थि’ए र शिवाले आ’गो ल’गा’ए’का थिए ।

हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि रक्सीको नशामा लठ्ठ आरोपीहरुले डरलाग्दो घटना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मारेर आगो लगाइ आरामसँग घर गए । पुलिसले पीडितको शव समसाबादको बा’हिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com