ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करणी पछि, २७ किलोमिटर टाढा लगेर जलाउनुपूर्व यस्तो सम्म गरे महिला डाक्टरलाई


एबीसी न्यूज
मंसिर २१, २०७६ शनिबार  ९ : ०८ बजे


एजेन्सी । भारतको हैदराबादस्थित तेलंगनामा केही दिन अघि भएको एउटा घटनामा संलग्न चार जनालाई प्रहरीले इन्काउन्टर गरेको छ । २७ वर्षे महिला डाक्टरलाई करणीपछि हत्या गरेको घटनामा संलग्न चार जनालाई प्रहरीले यस्तो सजाए दिएको हो ।

शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार प्रहरीले महिलालाई घटना घटाएको स्थानमै गएर उनीहरुलाई प्रहरीले कारवाही गरेको हो । महिलालाई चार जनाले करणी पछि आगो लगाएका थिए । प्रहरीले सो घटना कसरी भएको हो भनेर सोधपुछ गरेर यस्तो गरेको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गर्न थाले पछि प्रहरीले यस्तो कारवाही गरेको हो । उनले पुलिसमाथि पनि जाइलागे ।

साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा मारिएको जानकारी दिए । आरोपीको प्रहारबाट २ प्रहरी पनि घाइते भएका छन् ।

खबर पाएपछि पीडितका परिवार खुसी भएका छन् । उनीहरुले आफुहरुलाई परेको पीडामा सहयोग गरेको प्रहरी र अन्य ब्यक्तिलाई धन्यवाद दिएका छन् । पीडितका बुवाले भने, ‘हाम्री छोरी मारिएको १० दिन भइसकेको छ । तेलंगना सरकार, पुलिस र जो व्यक्तिले मलाई सहयोग गरे, उनीहरुलाई बधाई । ’

यस्तै, पीडितकी बहिनीले पनि सो घटनामा आफ्नो प्रतिकृया दिएकी छन् । उनले सबै आरोपीलाई सकीदिएकोमा खुसी ब्यक्त गरेकी छन् । यो एउटा उदाहरणीय घटना हुनेछ, आशा छ भविष्यमा यस्तो घटना नदोहोरिएला । म पुलिस र तेलंगाना सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

सो घटना पछि अन्य सर्वसाधारण पनि घटनास्थलमा जम्मा भए । उनीहरुले प्रहरीका पक्षमा जिन्दावादको नारा समेत लगाए । पुलिसकर्मी र कमिश्नर सज्जनार जब घटनास्थल पुगे तब मानिसहरुले डिसीपी–एसीपी जिन्दाबादको नारा लगाएका थिए । पुलिसकर्मीमाथि पुष्प वृष्टि पनि गरिएको छ । पुलिसथाना अघिल्तिर पटाका पनि पड्काइएका छन् ।
तेलंगानाका कानूनमन्त्री ए इन्द्राकरण रेड्डीले एक समाचार च्यानलसँग भने, ‘भगवानले कानूनभन्दा अगाडि आरोपीलाई सजाय दिएको भन्दै प्रतिकृया दिएका छन् । उनीहरुमाथि जे भएको छ, त्यसले पूरा हिन्दुस्तानलाई खुसी दिएको छ । टिभीमा हामीले देखेका छौं कि आरोपीले पुलिसको ह’ति’यार लिएर भाग्ने कोसिस गरिरहेका थिए । जे भयो राम्रै भयो ।’

प्रियंका रेड्डी नामकी ती युवतीको स्कुटर पंक्चर भएको मौका छोपी उनीहरुले यो घटना घटाएका थिए । टोल प्लाजामा ति व्यक्तिले प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए । भोली पल्ट प्रियंकाको श’व फेला परेको थियो ।

यस्तो थियो घटना

भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रुरताको विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । सडकमा उत्रिएका नागरिकले महिला सुरक्षामाथि प्रश्न उठाएका छन् । यता पुलिको जाँचमा कैयौं खुलासा भएका छन् । घटनाका बेला भएका विभिन्न गतिविधिका भिडियोसँगै घटना विवरण पनि खुलेको आज तकले समाचार लेखेको छ ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई थर्काएर रक्सी खुवाए त्यसपछि सामूहिक करणी गरे । एक आरोपीले मुख र नाक दबाएर पीडितको ज्या’न लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हाले’र लाश जलाए । शवको नजि’कै पीडितको फोन घडी लुकाए ।

चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि रक्सी ल्याएका थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले ‘करणी गरेका थिए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आ’रिफले नै उनको मुख र नाक दबाएर हत्या ग’रेका थिए । उनैले पे’ट्रो’ल ख’न्या’एका थि’ए र शिवाले आ’गो ल’गा’ए’का थिए ।

हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि रक्सीको नशामा लठ्ठ आरोपीहरुले डरलाग्दो घटना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मारेर आगो लगाइ आरामसँग घर गए । पुलिसले पीडितको शव समसाबादको बा’हिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com