
काठमाडौं, २० मंसिर । अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच मन्त्री खतिवडाले ‘क’ वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गर्नुभएको हो । राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएको छ । यो सँगै बिग मर्जरको औपचारिक सुरुवात भएको छ । दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ । यी दुई बैंक एक भए पनि अन्य वाणिज्य बैंकहरूले एक आसपमा गाभिन प्रयास गरेका छैनन् ।








प्रतिक्रिया दिनुहोस्