
काठमाडौं, २० मंसिर । पाँच हजार मिटर पुरुष दौडमा नेपालले स्वर्ण र काश्य जितेको छ । नेपालका गोपी चन्द्र पार्कीले १४ मिनेट ५४.२ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन् ।
भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सकेण्डमा दौड पूरा गरी रजत जिते छ । नेपालकै हरि कुमार रिमालले १४ मिनेट ५७।०५ सेकेण्डमा दौड पूरा गरेर काश्य पदक जिते भने रजत भारतले पाएको छ । पाँच हजार मिटर दौडमा ६ देशका १० जना खेलाडी सहभागी थिए ।








प्रतिक्रिया दिनुहोस्