ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई घण्टा उकालो नचढे डडेल्धुराको यो गाउँमा लाग्दैन मोबाइल फोनको नेटवर्क


admin

डडेल्धुरा,१८ मंसिर । डडेल्धुराको परशुराम नगरपालिकावासीलाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता छ ।

 दुई घण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीन वटा वडावासी दैनिक दुई घण्टा हिँडेर डाँडा जाने गरेको परशुराम नगरपालिका–८ का धनबहादुर जाग्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “मजस्तै यहाँका सबै व्यक्तिलाई फोन गर्न दुई घण्टा हिँडेर डाँडा चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु रु आफन्तको खबर सुन्न मन लाग्छ ।”

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका–८ मा पर्ने करेनी, जमरेनी र काँफलगैराका स्थानीयवासीहरुले फोन गर्नकै लागि घरबाट दुई घण्टा पैदल हिँडेरमाथि डाँडामा पुग्ने गरेको जाग्रीले बताउनुभयो । परशुराम नगरपालिका–८ का तीन वटा गाउँमा यस्तो समस्या भएको उहाँले बताउनुभयो । त्यो पनि घाम लागेको बेला स्काइफोन लाग्ने र अन्य बेलामा त्यसमा पनि समस्या आउने गरेको उहाँले भन्नुभयो, “ऐनसेल र नमस्तेको मोबाइलको नेटकर्वमा झनै समस्या देखिएको छ ।”

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले डाँडामा पुग्नु बाध्यता भएको उहाँको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । डडेल्धुरा जिल्ला भन्ने बित्तिकै सबैले धेरै विकास भएको जिल्लाका रुपमा बुझ्छन् । त्यहाँ सञ्चार क्षेत्र तथा टेलिफोन सेवा अझै पनि पुग्न नसकेको भन्दा धेरैलाई विश्वास नलाग्ला तर कुरा सत्य हो । डडेल्धुरामा परशुराम नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि धेरै ठाउँमा फोन सेवा पुग्न सकेको छैन ।

परशुराम नगरपालिका–७ मलासवासीमा पनि हालसम्म फोन सेवाबाट वञ्चित हुनुपरेको छ । कञ्चनपुर सीमा क्षेत्रमा रहेको मलासका स्थानीयवासीमा यस्तै समस्या रहेको छ । फोन गर्नेका लागि डाँडा चढ्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । यस्तै डडेल्धुरा जिल्लाको अर्को गाउँपालिका आलिताल गाउँपालिका–२ गांखेतमा पनि स्काइबाहेक कुनै फोेन नेटवर्क टिप्दैन । त्यो पनि बेलुकी ४ बजेपछि अवरुद्ध हुने गरेको आलिताल गाउँपालिका–२ का स्थानीय पदमबहादुर विकले बताउनुभयो । यस्तै आलिताल गाउँपालिका–३ भित्रीसैनमा पनि कुनै पनि फोन सेवा सञ्चालन छैन ।

उक्त क्षेत्रका बासिन्दाले फोन गर्नका लागि करिब १० किलोमिटर पैदल हिँडेर बजार क्षेत्रमा पुगेर मात्र फोन गर्ने गरेको स्थानीयवासीको भनाइ छ । यस्तै नवदुर्गा गाउँपालिका–४ मा पर्ने चलकट्टेमा स्मार्ट सेल कम्पनीका सेटले मात्र फोन सेवा सञ्चालनमा छ । स्मार्ट सेलका पनि कतिखेरै नेटर्वक हुन्छ कतिखेरै हुँदैन । यस्तो समस्या रहेको नवदुर्गा गाउँपालिका–४ का स्थानीयवासी गणेश कैनीले बताउनुभयो ।यस्तै डडेल्धुरा जिल्लामा रहेका सातवटा स्थानीय तह रहेका भए पनि धेरै ठाउँमा राम्रोसँग फोन नेटवर्क नभएको अमरगढी नगरपालिकाबाहेकका अन्य स्थानीय तहमा राम्रोसँग टेलिफोन नेटवर्क नहँुदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ ।

अमरगढी नगरपालिकामै टेलिफोन छैन

डडेल्धुरा सदरमुकाम अमगरढी नगरपालिका डडेल्धुरासँग जोडिएका बजारलगायतका १९ वटा साविक गाविसका अन्य ठाउँका टेलिफोन लाइनसमेत १६ वर्ष बितिसक्दा पनि जोडिएका छैन । नेपाल टेलिकमले सुरक्षाको अवस्था देखाउँदै तत्कालीन माओवादी द्वन्द्वकालीन अवस्थामा बन्द गरिएका मार्च र भिएचएफ टेलिफोन लाइन हालसम्म सञ्चालन नभएको स्थानीयवासीको भनाइ छ ।डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका पोखरा बजार, अनारखोली बजार र आइतबजारमा सञ्चालनमा रहेका टेलिफोन लाइन हालसम्म सञ्चालनमा नरहेको नेपाल टेलिकम डडेल्धुरा शाखाले जनाएको छ ।

२०५८ सालमा द्वन्द्वकालीन अवस्थामा सुरक्षाको अवस्था देखाउँदै बन्द गरिएका टेलिफोन लाइन हालसम्म बन्द अवस्थामै छन् । नगरपालिकामा पहिले सदरमुकाममा टेलिफोन लाइन थिए र जनतालाई गाउँबाटै भए पनि टेलिफोन सेवाको पहुँचमा थिए तर लामो समय बितिसक्दा पनि टेलिफोन लाइन नजोडिएको अमरगढी नगरपालिका–७ का स्थानीय कमल साहुले बताउनुभयो ।अमरगढी नगरपालिका–७ पोखरा बजार र अनारखोली बजार क्षेत्रमा द्वन्द्वकालीन अवस्थामा बन्द गरिएको टेलिफोन लाइन सुचारु हुन नसकेको नेपाल टेलिकम डडेल्धुरा शाखाका निमित्त प्रमुख शिवराज बोहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com