
नेपालगञ्ज, १८ मंसिर । नेपालगञ्ज विमानस्थलमा मंगलवार साँझ काठमाडौंवाट नेपालगन्ज विमानस्थलमा पुगेको एउटा जहाजका जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज पुगेको बुद्ध यएरको विमानमा ल्याण्ड हुँदै गरेको अवस्थामा बम्देल ठोक्किएको हो । जहाज ल्याण्ड भएर धावनमार्गमा कुदीरहेको बेलामा पछाडीको चक्कामा आएर बँदेल ठोक्किएको हो । बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहका अनुसार जहाजमा ठोक्किएको बँदेल म रेको छ ।
जहाज र यात्रु भने सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । जहाज मंगलबार साँझ ६ २५ बजे नेपालगन्ज विमानस्थलमा अवतरण हुदै गर्दा बँदेल ठोक्किएको हो । बुद्ध यएरको जहाज धावनमार्गमा अवतरण भएकै बेलामा विमानस्थल नजिकै रहेको झाडीवाट आएको दौडेर आएको बम्देल विमानस्थलको चक्कामा अचानक ठोक्किएको हो । बँदेल आएर ठोक्किएपछि जहाजमा रहेका यात्रुहरु चिच्याएका थिए ।
नेपालगञ्ज विमानस्थलको आसपासमा निकै ठूलो झाडी छ । सोही झाडीवाट धावन मार्गमा बेलाबेलमा बँदेल र दुम्सी विमानस्थलमा आउने गरेका छन् । धावन मार्ग नजिक रहेको झाडीबाट निस्किने जंगली जनावरका कारण विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ । यसअघि धेरै पटक विमानस्थल ल्याण्ड गर्ने क्रममा जंगली जनावर रनवे आसपासमा देखिदा केहीबेर जहाजलाई आकाशमै उडाई सुरक्षाकर्मीले जंगली जनावरलाई लखेट्ने गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्