महोत्तरी , १८ मंसिर । गढीमाई मेलाबाट फर्कदै गरेको पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानदेखि करिब १ किलोमिटर पश्चिम तर्फ दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य कैंयो जना घाईते भएका छन् । गढीमाई मेला भरेर आउँदै गर्दा ना ५ च १२२७ नम्बरको यात्रु बोकेको पिकअप अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृत्यू हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं। २ बस्ने अन्दाजी बर्ष ८० की सकुन्तला देवी साह र भारत सिताही बस्ने अन्दाजी बर्ष ६५ की बर्तनीया देवी महतो रहेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा उनीहरुलाई प्रहरीले उपचारको लागि बर्दिवास स्थित शुभ स्वास्तीक हस्पिटलमा पठाएको थियो । केही बेरमा उपचारकै क्रममा दुवै जनाको मृत्यू भएको जनाईएको छ ।
यता, सोही दुर्घटनामा परी १६ जना घाईते भएका छन् । घाईते हुनेहरुमा धनुषाधाम नगरपालिका वडा नं। ३ बस्ने अन्दाजी बर्ष २७ की कविता कुमारी महतो र बर्ष १८ की निसा महतोको अवस्था गम्भिर रहेको छ । कविताको अनुहार र टाउकोमा गम्भिर चोट लागेको छ भने निसालाई कम्मर र खुट्टामा गम्भिर चोट लागेपछि उनीहरुको थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्