काठमाडौं, १७ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा २९ वर्षमाथिको कराते पुम्सेतर्फबाट स्वर्ण पदक जितेपछि नेपाली खेलाडी आयशा शाक्य निकै भावुक बनेकी छन् । स्वर्ण पदक विजेता बनेसँगै खुसी साट्ने क्रममा उनका पति तथा पूर्व प्रशिक्षक दिपक विष्टसँग अंगालो मार्दै रोएकी थिइन्।
१२औं सागमा पुम्से तर्फ नेपालले स्वर्ण पदक प्राप्त गर्न असफल भएको थियो । जारी खेल सहित नेपालले पुम्सेतर्फ तेस्रो गोल्ड मेडल पाएको तेश्रो पटक हो।सन् २०१६मा भारतमा भएको १२औं सागमा आशया रजतमा सीमित बनिन्।
त्यतिबेला उनी २ वर्षका छोराकी आमा थिइन्। आमा बनेर स्वर्ण जित्ने उनको सपना त्यतिबेला पूरा हुन सकेन। यसपटकको सागमा उनले आफ्ना दुई सन्तानका लागि स्वर्ण जित्ने लक्ष्य बनाएकी थिइन्। उनको यो लक्ष्य सोमबार पूरा भयो।
दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या १५ पुर्याएको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ७ र ट्रायथलनमा एक स्वर्ण जितेको छ ।
आज आठ प्रतिस्पर्धामध्ये सातमा स्वर्ण जितेको नेपालका लागि सोमबारको अन्तिम स्वर्णका रुपमा अनु अधिकारीले पदक हात पारिन् । उनले श्रीलंकाकी डोनलाई आठ–शून्यको स्कोरमा हराइन् । जसका कारण नेपाले कराँतेमा स्वर्ण संख्या सात पुर्यायो ।
प्रतिक्रिया दिनुहोस्