ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकका बेवारिसेलाई आश्रमको राहत


एबीसी न्यूज
मंसिर १७, २०७६ मंगलबार  १ : ०१ बजे


काठमाडौँ, १७ मङ्सिर । सडकमै रात काट्ने र ढलमा फालिएको फोहर खाना खाएर छाक टार्ने मखमली तामाङका केही समयअघिका दिन कहाली लाग्दा थिए । घाम, पानी, हावाहुरी झरीको पर्वाह नगरी सडकमै कठिन र सङ्घर्षपूर्ण जीवन बिताउनु उहाँको बाध्यता थियो । सडकमा बस्नेलाई यो राजधानीको भीडमा वास्ता गर्ने कोही थिएन । श्रीमान्ले छोडेपछि एक्लिएर विक्षिप्त बनेर हिँड्नुभएकी मकवानपुरकी तामाङलाई अहिले भरपर्दो आश्रय मिलेको छ । उहाँलाई नयाँ जीवन दिँदै परोपकार समाजले उहाँजस्ता धेरै सहाराविहीनलाई सहारा दिँदै आएको छ । समाजले तार्केश्वर नगरपालिका–७ फुटुङमा सञ्चालन गरेको आश्रममा अहिले १५ जनाले आश्रय पाएका छन् । पीडादायी जीवनबाट ग्रसित बनी झण्डै मृत्यु रोज्ने अवस्थामा पुग्नुभएका उहाँको जीवन फेरिएको छ ।

“यहाँसम्म आउन पाउँला भनेर कल्पनासम्म पनि गरेकी थिइँन”, तामाङले भन्नुभयो, “भगवानको आँखा म भएको ठाउँमा पुग्यो, मलाई उद्धार गर्ने भगवान समान हुनुहुन्छ ।” धुँवा, धुलो र कोलाहलपूर्ण काठमाडौँको वातावरण र व्यस्त सडकमा भौतारिएर जीवन काटेकी मखमलीले अहिले शान्त मनोरम वातावरणको आश्रममा आश्रय लिइरहनुभएको छ । आश्रममा फूल र तरकारीखेती पनि छ । आश्रम तरकारीमा आत्मनिर्भर छ भने फूल बाहिर बिक्री गर्ने गरिएको छ । झकमक्क फुलेका थुङ्गे फूल, लटरम्म फलेका टमाटर, फुलेर सेत्तै देखिने फूलगोवी, यी सबैले गर्दा सौन्दर्य थपिएको छ । यहाँ परिवारबाट अपहेलित भएका, बिछोडिएका, खाना बस्न र लगाउन नपाएकै कारण शारीरिकरुपमा अस्वस्थ र कमजोर भएकालाई सहारा दिइएको छ । केहीले मानसिक सन्तुलन गुमाएका छन् । प्रेमिकाले धोका दिएपछि मानसिक सन्तुलन गुमाउन पुगेका पोखराका सुरज केसीले गुमाउनुभयो, र पुग्नुभयो सडकमा ।

उहाँ बगैँचामा फूल टिप्दै हुनुहुन्थ्यो । उहाँको अनुहार फूल जस्तै उज्यालो देखिन्थ्यो । न्यून दृष्टियुक्त व्यक्ति, अपाङ्गता र अशक्त भएकाले बाहेक सक्नेले खन्ने, फूल लगाउने, तरकारी लगाउने, टिप्ने काम गर्छन् । यसैगरी, बङ्गलादेशी नागरिक बताउने इकवाल आलमलाई कपनमा होमपाइपबाट उद्धार गरी आश्रममा राखिएको छ । समाजका अध्यक्ष दुर्गानाथ दाहालले आश्रममा ल्याइसकेपछि परिवारको खोजी गरी पुनर्मिलन गराइदिने कार्य पनि गरिने बताउनुभयो । उहाँले भारतसम्म पुगेर पनि पुनर्मिलन गराउन सफल भइएको अनुभव सुनाउनुभयो । उहाँले यस वर्ष आश्रमबाट करिब डेढ लाखको फूल बिक्री गरेको बताउनुभयो, “तिहारमा मात्रै फूलखेती गर्ने चलन छ”, दाहालले भन्नुभयो, “फूलको माग अत्यधिक छ, अबदेखि बाह्रैमास फूलखेती गर्ने योजनामा छौँ ।

” उहाँले मनोरोगी फूलको बगैँचा देख्दा निकै खुशी हुने गरेको बताउनुभयो । फूलखेती गर्दा धेरैतिरबाट फाइदा हुने हुँदा यो खेती गर्न थालिएको बताउनुभयो । “उत्पादनमूलक कामसँग जोडिएर धेरै वस्तुमा आत्मनिर्भर बन्ने योजना छ”, उहाँले भन्नुभयो, “हामी सहयोग लिने मात्र नभएर अरुलाई सहयोगस्वरुप दिने गरी उत्पादनका काममा लागिरहेका छौँ ।” आश्रममा मजदूरी गर्न नसकेर सडकमा अलपत्र परेकालाई पनि राखिएको छ । धेरै घरधनीले मजदूरलाई कोठा नदिने र भाडा महँगो हुँदा कोठा लिन नसक्ने हुँदा मजदूरको सडकको बास हुने गरेको बताउनुभयो । दाहालले विभिन्न दाताले दिएको सहयोगबाट आश्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । “सरकारबाट कुनै सुविधा पाएका छैनौँ”, उहाँले भन्नुभयो, “विदेशी सहयोग लिँदैनौँ ।” उहाँले कतिपय आश्रम बन्दीगृहजस्तै हुने हुँदा बस्नेलाई निकै समस्या पर्ने गरेको बताउँदै भन्ननुभयो, “हाम्रो आश्रम खुला वातावरणमा हिँडडुल गर्नसक्ने खालको खालको छ । फूल, तरकारी र विभिन्न खेतीले झनै आनन्द प्रदान गर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com