बारा, १७ मंसिर । गढीमाई मेलामा आजदेखि बलि चढाउन शुरु भएको छ । बिहानको पूजा सकिएपछि बलि पूजा शुरु भएको पुजारीहरुले बताएका छन् ।
गढीमाईको मेलामा बलि चढाउन हजारौं बोका, राँगा र परेवा मेलास्थलमा ल्याइएको छ । प्रत्येक ५र५ वर्षमा लाग्ने यो मेलामा नेपालमात्रै नभइ भारतबाट पनि बलि दिन आउने गर्दछन् ।
बाराको महागढीमाई (१ स्थित बरियारपुरमा लाग्ने मेलामा लाखौ भक्तजनको भीड लागेको छ । मेला मंसिर भर चल्नेछ ।
महागढीमाई – १ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिर महिनाभरी चल्नेछ ।
लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडि मात्रै समिति गठन भएको थियो। मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस्