काठमाडौं, १६ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशाको टिमले स्वर्ण जितेको छ । पुम्सेको एकल इभेन्ट्मा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन् ।
आयशाले पहिलो स्वर्ण व्यक्तिगत विधामा जितेकी थिइन् भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन् । योसँगै उनले सागमा स्वर्ण संख्या ३ पुर्याएकी छिन् । यसअघि उनले ११ औँ सागमा स्वर्ण जितेकी थिइन् ।
सागमा उनको पदक संख्या ५ पुगेको छ । जसमा ३ स्वर्ण र २ रजत पद छ ।
नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ स्वर्ण जितेको छ ।
१. कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, महिला) निर्मला तामाङ, सरु कार्की र संगिता मगर
३. कराँते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महशुस मानन्धर, प्रविन महर्जन
४. कराँते कुमुते (५५ केजी) – लक्ष्मण तामाङ
५. कराँते कुमुते (५० केजी मुनि) अनु अधिकारी
६. कराँते कुमुते (८४ केजी मुनि) विप्लव लाल श्रेष्ठ
७. कराँते कुमुते (४५ केजी मुनि) कुसुम खड्का
८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
९. तेक्वान्दो पुम्से (१७ –२३ वर्ष)– सिना मादेन लिम्बु
१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१२. तेक्वान्दो पुम्से ( टिम) – आयशा शाक्य, सञ्जिव कुमार ओझा
१३. ट्रायथलोन – सोनी गुरुङ
प्रतिक्रिया दिनुहोस्