ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ २ ‘ख’मा बाम गठबन्धनका उम्मेदवार शाही बिजयी


एबीसी न्यूज

बागलुङ, १६ मंसिर । बागलुङ जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी हुनुभएको छ । शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका जीत शरचनले ९ हजार १३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । शाही जीत शेरचन संग दुई हजार ९७ मतआन्तरले विजयी हुनुभएको हो । नेकपाले केन्द्रिय निर्णय अनुसार बागलुङमा राष्ट्रिय जनमोर्चालाई सघाएको थियो ।

समाजवादी पार्टीका अशोककुमार विकले ३१६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५ तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गर्नुभएको छ । यस्तै ३१६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १८४ रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको छ । गत चुनावमा कुल मतदाता संख्याको ६५ प्रतिशत मत खसेको यस क्षेत्रमा अहिले ६१ प्रतिशत मात्र मत खसेको हो । २०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी हुनुभएको थियो । त्यतिबेला काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट पाउनुभएको थियो । प्रदेश सांसद टेक बहादुर घर्तीको निधनपछि बागलुङमा उपचुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com