काठमाडौं, , १५ मंसिर । शिवराज नगरपालिका–१० मा राप्रपा (संयुक्त) का उमेदवार नूर मोहम्मद मनिहारले एक मत पनि पाएनन् । शनिबार भएको उपनिर्वाचनमा उनले शून्य भोटमा चित्त बुझाउनुपर्यो ।
शनिबार भएको उपनिर्वाचनमा बाराको बारागढी गाउँपालिका–१ मा स्वतन्त्र उमेदवार नरेश पाशवानले पनि शून्य मतमै चित्त बुझाए ।
रौतहटको गढीमाई नगरपालिकामा पनि चार जना स्वतन्त्र उमेदवारले शून्य मत ल्याए । वडा नम्बर २ को उपनिर्वाचनमा वडाध्यक्षका उमेदवार बनेका नथुनी पाशवान, विनय साह तेली, सकुर मिया, हविब राय भाँटले खाता खोल्न सकेनन् ।
महोत्तरी बलवा नगरपालिका–२ मा स्वतन्त्र उमेदवार सुवोध साहले शून्य मत ल्याए । अर्का स्वतन्त्र उमेदवार हेमन्तकुमार साहले १ मत मात्रै ल्याए ।
प्रतिक्रिया दिनुहोस्