
संखुवासभा, १५ मंसिर । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार तेजबहादुर पोख्रेल ३०१८ मत ल्याएर विजयी हुनुभएको छ ।
शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ दल नेकपा का उम्मेदवार पोख्रेल विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विमन पराजुलीले २२१६ मत प्राप्त गर्नुभएको छ। ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत खसेको थियो ।








प्रतिक्रिया दिनुहोस्