ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७५ प्रतिशत अस्थायी शिक्षक स्थायी गर्ने ऐन विरुद्ध सर्बोच्चमा रिट दायर


ABC News

काठमाडौं २४ कात्तिक । ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने शिक्षा ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिएमा दक्ष र स्थायी अध्यापन अनुमती पत्र लिएका सात लाख भन्दा बढी योग्य उम्मेदवारहरु बन्चित हुने रिटमा जिकिर गरिएको छ ।

शिक्षा ऐन आठौं संशोधनद्वारा कायम गरिएको ०७२ असोज २ को मिति र नवौं संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था असमान, विभेदपूर्ण र सामाजिक न्यायको समेत विपरित भएकाले खारेज गरी योग्य उम्मेदवार सबैले प्रतिस्पर्धा गर्न पाउने गरी कानुनी व्यवस्था गर्न रिटमा माग गरिएको छ । संशोधित ऐनले ०७२ असोज भन्दा पछाडिका उमेदबारहरुलाई परीक्षामा बन्चित गराइएकाले हाल तोकिएको परीक्षा रद्द गर्न समेत माग गरिएको छ ।
काभ्रेको नवबुद्ध नगरपालिकाका शिवप्रसाद पाण्डेले सर्बोच्चमा रिट हाल्दै तत्काल अन्तरिम आदेशको माग गरेका छन् ।

धेरै लामो समयदेखि अस्थायी शिक्षकहरुले स्वत स्थायी गर्नु पर्ने आन्दोलन गर्दै दवाव दिंदै आएका थिए । अस्थायी शिक्षकको मागलाई नवौं संशोधनले ७५ प्रतिशत पुर्याएर सम्वोधन गरेको थियो ।

आगामी मंसिर ३ गते सम्म निवेदन माग गरिएकामा प्राथमिक र निम्न माध्यमिक तहका लागि ०६१ साउन २१ गतेसम्म रिक्त रहेको पदमा ०४९ पुस २० गतेभन्दा अघि स्थायी नियुक्ति पाई ०७३ असार १५ गतेसम्म निरन्तर अध्यापन गराइरहेको शिक्षकहरु परीक्षामा सहभागी हुन पाउनेछन् ।
माध्यमिक तहका लागि ०६१ साउन २१ गतेसम्म रिक्त रहेको पदमा ०४९ पुस २० गतेभन्दा अघि अस्थायी नियुक्ति पाई २०७३ असार १५ गतेसम्म निरन्तर अध्यापन गरेको हुनुपर्ने छ ।
तर परीक्षाको मिति भने सरकारले तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com