ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गत वर्ष सूर्तीजन्य पदार्थ माथिको करबाट मात्र ७ अर्ब राजश्व सङ्कलन


admin
मंसिर १०, २०७६ मंगलबार  २ : ३२ बजे

 

काठमाडौं, १० मंसिर । सूर्तीजन्य पदार्थ प्रयोगको अवस्था र नियन्त्रणका प्रयासमाथि विस्तृत अनुसन्धान हुने भएको छ । सूर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वर्षेनी २७ हजारले अकालमा मृत्युवरण गर्दछन् । पछिल्लो समय नसर्ने रोगअन्तर्गत सूर्तीजन्य पदार्थ सेवनले निम्त्याउने प्रमुख क्यान्सर रोग बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगको पहिलो नम्बरमा क्यान्सर देखिएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले ‘सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण कार्यक्रम’ अन्तर्गत सूर्तीजन्य पदार्थको प्रयोगबारे सबै जिल्लामा स्थलगत तथा यसको नियन्त्रणमा बनेका नीतिगत प्रावधान ऐन नियमावलीसहित सरकारको कर प्रणालीका बारेमा विस्तृत अध्ययन गरिने जनाइएको छ ।

सूर्तीजन्य पदार्थ माथिको करबाट मात्र गत वर्ष रु सात अर्ब राजश्व सङ्कलन भएको थियो । सङ्कलित करमध्ये रु ४० करोड स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले पाएको थियो । मन्त्रालयले पाउने सो रकमको अधिकांश हिस्सा क्यान्सर अस्पताललाई विनियोजन गरेको थियो । रु एक करोडमात्र जनचेतनाका कार्यक्रममा खर्च भएको थियो । अर्कोतर्फ सूर्तीजन्य पदार्थ नियमन गर्ने ऐन तथा नियमावली छ तर यसको फितलो कार्यान्वयन अवस्था छ । प्रतिष्ठानद्वारा अनुसन्धानका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा जयकुमार गुरुङले सूर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगमा भएको वृद्धि, नीतिगत कार्यान्वयनको अवस्था र कर प्रणालीका बारेमा अध्ययन हुने जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले सूर्तीजन्य पदार्थमा ७० प्रतिशतसम्म कर लगाउन आफ्ना सदस्य देशलाई आग्रह गरेको छ । नेपालमा ती पदार्थको उत्पादन तथा बिक्री वितरणमा ३३ प्रतिशत मात्र कर उठाउने गर्दछ । सो कर पनि सन् २००३ बाट गतवर्षमात्र ३३ प्रतिशत पु¥याइएको हो । सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ बिक्री वितरण, विज्ञापनमा रोक र प्याकेटको ७५ प्रतिशत भागमा खतराको ¥यापिङ गर्ने प्रावधान छ । दक्षिण एशियाली देशमा भारतपछि सूर्तीजन्य पदार्थ खपत गर्ने देशमा नेपाल छ ।

कार्यक्रममा उहाँले सूर्तीजन्य पदार्थ नियन्त्रणमा निरन्तर पैरवी र यससम्बन्धी नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । प्रतिष्ठानले सूर्तीजन्य पदार्थका वर्तमान प्रयोगसम्बन्धी जानकारीमूलक प्रतिवेदनको मस्यौदा तयार गरको छ । कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले सरुवाभन्दा नसर्ने रोगको भार वृद्धि भइराखेको चर्चा गर्दै क्यान्सर नियन्त्रणका लागि चेतना र सूर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण आवश्यक रहेको वताउनुभयो ।

सूर्तीजन्य पदार्थ सेवनका कारण सरकारले कूल गार्हस्थ्य उत्पादनको एक दशमलव आठ प्रतिशत व्ययभार ब्यहोर्नुपरिरहेको छ । सूर्तीजन्य पदार्थ सेवनका कारण फोक्सो, मुख, आन्द्राको क्यान्सर हुने सम्भावना बढी रहन्छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले सूर्तीजन्य पदार्थ नियन्त्रण सरकारको प्राथमिकतामा नपरेका कारण नसर्ने रोगको समस्या बढ्दो रहेको जानकारी दिँदै यसको विरुद्ध जनचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिनुभयो।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सूर्तीजन्य पदार्थ धूमपान र धुवाँरहित सेवन गर्नेको सङ्ख्या २९ प्रतिशत देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com