काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उहाँको अपरेसनको तयारी गरेको छ ।
प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा अरुण सायमीले जानकारी दिनुभयो । प्रधानमन्त्रीकालाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी सुरु गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल जानुभएको थियो । परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उहाँले ४ पटक डायलायसिस गराई सक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्