काठमाडौं, १० मंसिर । दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन ५ दिन बाकि रहेको छ ।
साग प्रतियोगिता नजिकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली यसको व्यवस्थापन, खेलाडीको मनोबल वृद्धिलगायतमा केन्द्रित हुनु भएको छ ।
आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग) का खेलाडीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
साग आउन ५ दिन बाँकी रहँदा प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुने खेलाडीको मनोबल बढाउने ध्येयका साथ सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकका लागि केही प्याकेज घोषणा गर्ने ठानिएको छ । प्रधानमन्त्री ओलीले आजै साग खेलकुदको तयारीबारे पनि जानकारी लिने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार, प्रज्ञाको सम्बोधनपछि ओलीले दशरथ रंगशालाको मर्मत कार्य अवलोकन गर्नेछन् । सागको उद्घाटनसँगै विभिन्न फुटबललगायतका खेल दशरथ रंगशालामा निर्माण हुने भए पनि अझै यसको मर्मत सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्