ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियूक्त मन्त्रीको विगत र उहाँहरुले गर्नुभएको भएको प्रतिवद्धता यस्ता छन्


एबीसी न्यूज

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गर्नुभएको मन्त्रिपरिषद्मा केही नयाँ र अधिकांश पुराना अनुहारका मन्त्री पर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार राति केही मन्त्रीलाई हटाउँदै छैटौँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।
विसं २०७५ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले त्यसपछि पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गर्नुभएको हो । उहाँले विसं २०७५ को फागुन १५ र चैत ३ तथा २०७६ सालको जेठ १८, साउन १५, साउन १८ र मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।

अहिले गरिएको पुनर्गठित मन्त्रिपरिषद्मा छ जना नयाँ मन्त्री र तीन राज्यमन्त्रीलाई नयाँ जिम्मेवारी तोकिएको छ भने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकापसमा विभागीय मन्त्रालय हेरफेर गरिएको छ । यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्नुहुनेछ । नयाँ मन्त्रीमा पुराना अनुहारका घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी र रामेश्वरराय यादव रहनुभएको छ । भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासन र राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्मा पहिलो पटक वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङले मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । नेम्वाङ भौतिक पूर्वधार तथा यातायातमन्त्री र गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्नुभएको छ । राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएका मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर नयाँ अनुहारका हुनुहुन्छ । पाँचथरबाट निर्वाचित हुनुभएका नेम्वाङ तीन पटक प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएको छ । यस्तै २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजय हुनुभएका गुरुङ दोलखाबाट निर्वाचित हुनुभएको हो ।

यसैगरी कृषिमन्त्री बन्नुभएका युवा नेता भुसाल पार्टीभित्र प्रखर बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । माक्र्सवादी दर्शनशास्त्रीका रूपमा परिचित भुसाल सरकारलाई आलोचनात्मक सुझाव दिने नेताका रूपमा समेत चिनिनुहुन्छ । यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिमण्डलमा बिना विभागीयमन्त्री बन्नुभएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भुसाल रुपन्देही–३ बाट निर्वाचित हुनुभएको हो । भुसाल २०५१ सालको उपनिर्वाचनमा समेत प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

नयाँ मन्त्रिमण्डलमा उद्योगमन्त्री बन्नुभएका भट्ट तेस्रो पटक मन्त्री हुनुभएको छ । नेकपाको सूदूरपश्चिम प्रदेशको सहइञ्चार्जसमेत हुनुभएका भट्ट कैलाली–५ बाट निर्वाचित हुनुभएको छ । यसअघि उहाँ श्रम तथा यातायात र आपूर्तिमन्त्री भइसक्नुभएको छ । भट्ट २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनुभएको हो । नवनियुक्त मन्त्री त्रिपाठीले नेकपाको चुनाव चिह्न सूर्यबाट नवलपरासी–५ बाट निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । पटक–पटक मन्त्री र तत्कालीन लेखासमितिको सभापतिको जिम्मेवारी त्रिपाठीले निर्वाह गरिसक्नुभएको छ ।

तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ बाट विजय हासिल गर्नुभएका राय पनि यसअघि वन तथा वातावरणमन्त्री भइसक्नुभएको छ । उहाँ सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै गत २०७४ सालमा तत्कालीन नेकपा माओवादी–केन्द्रमा प्रवेश गरी निर्वाचन जित्नुभएको हो । फोरमका वरिष्ठ उपाध्यक्ष हुनुभएका उहाँ विजयकुमार गच्छदार नेपाली काँग्रेसमा प्रवेश गरे पनि माओवादीमा प्रवेश गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्र विभागका प्रमुख प्रा डा रामकृष्ण तिवारीले मन्त्रीहरुको कार्यसम्पादन राम्रो नभएर नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको बताउनुभयो । “अहिलेको दुई तिहाइको सरकार भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धितर्फ लैजाने प्रयत्न गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्रीको गतिमा केही मन्त्रीले काम गर्न सकेनन् । त्यसैले आफूसँग काम गर्ने खालका मान्छे ल्याउनका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।”

उहाँले अन्य मुलुकमा पनि प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो समूहमा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पनि काम गर्न नसक्ने मन्त्रीलाई हटाउनुभएको बताउनुभयो । राजनीतिक स्थायित्व भएकाले मुलुकलाई विकास निर्माणमा लैजानका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको उहाँको भनाइ थियो । पुनर्गठित मन्त्रिमण्डलको राज्यमन्त्रीमा सबै नयाँ अनुहारका हुनुुहुन्छ । मानन्धर काठमाडौँ–७ बाट निर्वाचित हुनुभएको हो । उद्योग व्यवसायी दुगड समानुपातिकबाट सांसद हुनुभएको हो । यस्तै स्वास्थ्य राज्यमन्त्री रावत सुर्खेत–२ बाट निर्वाचित हुनुभएको हो ।

मन्त्रीहरुको प्रतिवद्धता 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट

उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने , मन्त्रालयको कार्यशैलीमा सुधार गरी उद्योग व्यवसायका लागि लगानी अभिवृद्धि गर्न नीतिगत सुधार गर्ने. बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउने

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड

 

आफू उद्योगी भएका कारण उद्योगी व्यवसायीको समस्या बुझेकोले काम गरेर देखाउने,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य मन्त्रालय भन्दा नमुना मन्त्रालयको रुपमा विकास गर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठी

कर्मचारी समायोजनमा देखिएका मनोवैज्ञानिक समस्या तत्काल समाधान गर्ने, स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने, स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने, महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ

 

भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने, काठमाण्डौको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने

पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई प्राथमिकता दिने, विगतमा मन्त्रालयमा भएका कामहरुको समीक्षा गर्दै अघि बढ्ने

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल

 

लोभ र डरबाट प्रभावित नभइ काम गर्ने, परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रहेर काम गर्ने, कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ

बाल विवाह अन्त्य हुनेगरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने, महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने, महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने

महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई प्राथमिकता दिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल

संविधानमा व्यवस्था भएअनुसारको स्वास्थ्य सेवा पुर्‍याउन र समग्र स्वास्थ्य सुधार गर्न ध्यान दिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन केन्द्रित हुने,सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गर्ने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com