ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाफा समूहले प्रदेश ५ कै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता गर्दै


sharan sharan
मंसिर ५, २०७६ बिहीबार   ९ : ४३   बजे

बुटवल, ५ मंसीर ।
लाफा समुह बुटवलको आयोजनामा प्रदेश ५ कै सर्वाधिक पुरस्कार राशिको खुल्ला भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुस ५ र ६ गते दुई दिन बुटवलमा सञ्चालन हुने प्रतियोगिताका बिषयमा विहिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै समुहले जानकारी गराएको छ । अध्यक्ष तारासिह रेश्मीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै लाफा समुहका अध्यक्ष तारासिंह रेश्मीले युवाहरुलाई खेलमार्फत एकतावद्द गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएकोे बताउनुभयो । अध्यक्ष रेश्मीले प्रदेश ५ मा ब्याडमिन्टन खेलमा अहिले सम्म कै सबैभन्दा ठूलो राशीको प्रतियोगिता गर्न लागिएको दाबी गर्नुभयो ।
रेश्मीका अनुसार प्रतियोगिता दुई ईभेन्टमा खेलाइने छ, जसमा खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, द्धितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष रेश्मीले बताउनुभयो ।
दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने खेल संयोजक पुरन गाहाले बताउनुभयो । करीब २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधि प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, कार्यक्रम संयोजक सदस्य ज्ञानु थापा, कार्यक्रम संयोजक सदस्य जगत बयम्बु, पूर्व अध्यक्ष केशब राना लगायतले प्रतियोगिताको बिबिध बिषयमा जानकारी दिनुभएको थियो । क्लबमा हाल ८५ जना सदस्यहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

अमेरिका–इरान सम्झौता कुटनीतिको प्रतिफलः पाकिस्तानले स्विट्जरल्याण्डमा हस्ताक्षर समारोहको आयोजना गर्ने

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

विश्वकप २०२६ : लुकाकुको प्रभावशाली प्रवेशले बेल्जियमलाई हारबाट जोगायो, इजिप्टसँग १–१ को बराबरी

विश्वकप २०२६ मा ऐतिहासिक चमत्कार : केप भर्डेले डेब्यु खेलमै स्पेनलाई बराबरीमा रोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group