ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने


admin

काठमाण्डौं, २२ कार्तिक । सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने भएको छ ।यसअघि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिर रहँदै आएको सिरियाले सामेल हुने निर्णय गरेसँगै अब यो सम्झौताबाट बाहिर अमेरिकामा मात्रै रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा जलवायु परिवर्तन हावादारी कुरा रहेको भन्दै आफ्नो देश यो सम्झौताबाट बाहिने घोषणा गर्नुभएको थियो । सिरिया सम्झौतामा सामेल भएपछि अमेरिका मात्रै एउटा त्यस्तो देश हो जसले पेरिस जलवायु सम्झौताको विरोध गरेको छ । पेरिस सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सम्झौता हो । यो सम्झौता अनुसार विश्वभरका देश जलवायु परिवर्तन कम गर्नका लागि एकताबद्ध भएका छन् । सन् २०१५ मा पेरिसमा यो सम्झौता हुँदा सिरिया र निकारा गुआ मात्रै यसबाट बाहिर थिए । त्यसबेला अमेरिका बाराक ओबामाको प्रशासनमा थियो र सम्झौतामा राजी भएको थियो । गएको अक्टोबरमा निकारागुआ पनि सम्झौतामा सामेल भएपछि अमेरिका र सिरिया यसबाट बाहिर थिए ।

अमेरिकाले गएको जुनमा सम्झौतबाट बाहिर निस्कने घोषणा गरेको भएपनि सम्झौताको नियम अनुसार अमेरिका सन् २०२० मा मात्रै यो सम्झौताबाट बाहिरिन पाउँछ । यो सम्झौताले अमेरिकालाई दण्डित गर्ने भन्दै राष्ट्रपति ट्रम्पले बाहिरिने घोषणा गर्नुभएको थियो । यो सम्झौता अनुसार विश्वको तापक्रम वृद्धी दुई डिग्री सेल्सियस भन्दा कम र सकेसम्म १.५ डिग्री भन्दा माथि जान नदिन प्रयास गरिने छ । यस्तै कार्बन उत्सर्जन बढी गर्ने देशले विकासशील तथा कार्बन उत्सर्जन कम गर्ने देशलाई आर्थिक सहयोग गर्नु पर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com