ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने


admin
कार्तिक २२, २०७४ बुधबार  १२ : २६ बजे

काठमाण्डौं, २२ कार्तिक । सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने भएको छ ।यसअघि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिर रहँदै आएको सिरियाले सामेल हुने निर्णय गरेसँगै अब यो सम्झौताबाट बाहिर अमेरिकामा मात्रै रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा जलवायु परिवर्तन हावादारी कुरा रहेको भन्दै आफ्नो देश यो सम्झौताबाट बाहिने घोषणा गर्नुभएको थियो । सिरिया सम्झौतामा सामेल भएपछि अमेरिका मात्रै एउटा त्यस्तो देश हो जसले पेरिस जलवायु सम्झौताको विरोध गरेको छ । पेरिस सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सम्झौता हो । यो सम्झौता अनुसार विश्वभरका देश जलवायु परिवर्तन कम गर्नका लागि एकताबद्ध भएका छन् । सन् २०१५ मा पेरिसमा यो सम्झौता हुँदा सिरिया र निकारा गुआ मात्रै यसबाट बाहिर थिए । त्यसबेला अमेरिका बाराक ओबामाको प्रशासनमा थियो र सम्झौतामा राजी भएको थियो । गएको अक्टोबरमा निकारागुआ पनि सम्झौतामा सामेल भएपछि अमेरिका र सिरिया यसबाट बाहिर थिए ।

अमेरिकाले गएको जुनमा सम्झौतबाट बाहिर निस्कने घोषणा गरेको भएपनि सम्झौताको नियम अनुसार अमेरिका सन् २०२० मा मात्रै यो सम्झौताबाट बाहिरिन पाउँछ । यो सम्झौताले अमेरिकालाई दण्डित गर्ने भन्दै राष्ट्रपति ट्रम्पले बाहिरिने घोषणा गर्नुभएको थियो । यो सम्झौता अनुसार विश्वको तापक्रम वृद्धी दुई डिग्री सेल्सियस भन्दा कम र सकेसम्म १.५ डिग्री भन्दा माथि जान नदिन प्रयास गरिने छ । यस्तै कार्बन उत्सर्जन बढी गर्ने देशले विकासशील तथा कार्बन उत्सर्जन कम गर्ने देशलाई आर्थिक सहयोग गर्नु पर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com