ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेसिस र पत्रकारबिच मैत्रीपूर्ण क्रिकेट सम्पन्न


एबीसी न्यूज

जनकपुरधाम, ३० कात्तिक । नेपाल पत्रकार महासंघ धनुषा र जनकपुर जेसिजको एक दिवसीय मैत्रीपुर्ण क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ ।

जेसिजको वार्षिकोत्सवको अवसरमा संचालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनकपुरको बारह विघा मैदानमा आयोजित सो टुर्नामेन्टमा जेसिसले जीत हात पारेको छ । टस जितेर बल्लेबाजीमा उत्रेका महासंघले निर्धारित १५ ओभरको खेलमा सम्पूर्ण ओभर खेल्दै ६ विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।

महासंघको तर्फबाट दोश्रो बल्लेबाजको रुपमा मैदानमा उत्रेका महासंघका कोषाध्यक्ष अवधेश कामत नटआउट रहदै सर्वाधिक ४८ रन बनाएको थियो । ९५ रनको लक्ष्य लिएर मैदानमा उत्रेका जेसिज ११.४ ओभरमै ५ विकेटको क्षतिमा रन पूरा गरी जीत हासिल गरेका थिए । मैत्रीपुर्ण क्रिकेट टुर्नामेन्टको उद्घाटन महासंघका अध्यक्ष अनिल मिश्रको गेंदबाजीमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवद्वारा बल्ला हानेर गरिएको थियो ।

उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न प्रदेश सरकार जनकपुर १३ मा अन्तराष्ट्रिय रंगशाला, वडा नं। ८ मा प्रादेशिक रंगशाला र प्रत्येक जिल्लामा रंगशाला सहित स्थानीय तह खेलमैदानको निर्माण गर्ने योजनामा काम गरिरहेको जानकारी दिए । उनले विगतमा देश मात्रै होइन अन्तराष्ट्रिय स्तरमै जनकपुरका खेलाडी प्रसिद्ध थियो तर राज्य पक्षले बेवास्ताका कारण खेलाडीहरुले भोग्दै आएको दुर्दाशाले खेलाडीहरुमा आएको ह्रासले खेलको क्षेत्रमा जनकपुर निकै पछाडि परेको भन्दै दुख व्यक्त गरे । साथै जनकपुरधाममा एकमात्र खेल मैदान कवर्ड रहेको छ हाल त्यसको जर्जर अवस्था सुधारका लागि पछिल्लो वर्ष काम गर्न नसकिएपनि यसवर्ष एक करोड रुपैयाको लागतमा मरम्मत सम्भार तथा व्यवस्थापनको कार्य भइरहेको जानकारी दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष अनिल मिश्रले विगतमा आफ्नो प्रदर्शनले खेल जगतमा जनकपुरलाई गौरवान्ति गरेका खेलाडीहरुमा राज्यको बेवास्ता कारण ह्रास आएको र व्यवस्थित खेल मैदानको आभाव रहेकातर्फ प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए । जेसिजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष सहितका पदाधिकारीहरुले पनि पत्रकार र जेसिजबीचको सम्बन्धलाई अझ कायम गर्नुपर्ने भन्दै मैत्रिपुर्ण खेललाई आगामी दिनसम्म निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए । सो कार्यक्रम तथा खेलमा जेजिसको पुर्व अध्यक्षहरु जितेन्द्र महासेठ, लक्ष्मीनारायण साह, मनिष रमण साह, विजय साह लगायत विभिन्न पदाधिकरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com