ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?


admin
कार्तिक २८, २०७६ बिहीबार  १ : २३ बजे

काठमाडौं, २८ कात्तिक । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू  जनताले यस्तो प्रश्न सोध्दा प्राय– नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् । तर, रुपन्देहीमा भने त्यस्तो भएन । चुनावी प्रतिबद्धताको समीक्षासहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिन उपस्थित भएका यहाँका नेताले शिर ठाडो पारेर बोले । नेताहरुले चुनावी प्रतिबद्धताअनुरुप भइरहेका विकासे आयोजनाको फेहरिस्त जनता सामु राख्दा यहाँका सर्वसाधारण खुशी हँुदै ताली बजाए ।

नमस्ते नेपाल नामक संस्थाले बुधबार साँझ शङ्करनगरमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा रुपन्देही क्षेत्र नं– २ का सांसद विष्णु पौडेल, क्षेत्र नं २ का प्रदेशसभा सदस्य लीला गिरी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई निम्ता गरिएको थियो ।

कार्यक्रममा आयोजकले चुनावअघि जनतासामु गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो भनेर प्रश्न गर्दा सांसद विष्णु पौडेलले आफूले सम्पन्न गरेका कामको लामो सूची प्रस्तुत गर्नुभयो । गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको प्रगतिदेखि भैरहवा बुटवल ६ लेन सडक, अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र, स्थायी प्रदर्शनी केन्द्र, सरकारी मेडिकल कलेज, तिनाउ नदीमा निर्माण भइरहेका पाँचवटा पक्की पुल, ४ लेन बन्दै गरेको बुटवलकोे कालीकापथ, मोतिपुर औद्योगिक क्षेत्र, बेलवास नुवाकोट तथा बेथरी बेलवास पर्यटन सडक, बुटवल र सैनामैनाका नगर परिक्रमा पथलगायतका ठूला–ठूला विकासे आयोजनाका प्रगतीका विषयमा जानकारी दिनुभयो ।

पौडेलले आफ्नो निर्वाचन क्षेत्रमात्रै होइन सिङ्गो रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता गर्दा मतदाता खुशीले गदगद भए । कालीगण्डकी डाइभर्सन प्रक्रिया, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, सैनामैनामा नमूना सङ्ग्रहालय निर्माण जस्ता महत्वपूर्ण आयोजना निर्माणको काम पूरा गर्न स्रोत पहिचान गरी बजेटको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

महासचिव पौडेलले भैरहवा–लुम्बिनी सडक, लुम्बिनी–तौलिहवा सडक, बुटवल– बेथरी सडक, बुटवल– नारायणगढ सडक, बुटवल–कोहलपुर, बुटवल–पोखरा सडक निर्माण तथा स्तरोन्नतिपछि रुपन्देही उच्चस्तरको सडक सञ्जालले विभिन्न जिल्लासँग जोडिने बताउनुभयो ।

सो अवसरमा महासचिब पौडेलले आफ्नो अभिभारा काँधमा बोकेर नेकपा नेतृत्वको सरकार अगाडि बढेकाले जनताले यसको सही मूल्याङ्कन गर्ने धारणासमेत राख्नुभयो । “हामीले चुनाबमा गरेका प्रतिबद्धता सिरानीमा राखेर यहाँहरुले अध्ययन गरिदिनुहोला”, महासचिव पौडेलले भन्नुभयो,“ ६० महिनापछि प्रतिबद्धताको समीक्षाका लागि फेरि आउनेछौ ।”

उहाँले सामाजिक सुरक्षा, गरीबी निवारण, पूर्वाधार विकास, राष्ट्रको सम्मान र स्वाभिमान वृद्धि गर्ने सवालमा महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमासमेत धेरै काम अगाडि बढेको उहाँले बताउनुभयो । महासचिव पौडेलले सुकुम्वासी समस्या स्थायीरुपमा समधानका लागि कानून निर्माण भएकाले अब काम अगाडि बढ्ने बताउनुभयो ।

महासचिव पौडेलले प्रदेश– ५ को अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा प्रदेशसभाले परिणत गर्ने विश्वास व्यक्त गर्नुभयो । संसारले चिनेको लुम्बिनीसँग प्रदेशको नामाकरण जोडिने विषयमा कसैले प्रश्न नउठाउने उहाँको भनाइ थियो । “भौतिक र मानवीय विकासको दृष्टिकोणले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउने हाम्रो अठोट हो”, महासचिव पौडेलले भन्नुभयो,“मेरो प्रयासमा भएका विकास निर्माण र आयोजनाका काम पूरा गरेरै छोड्नेछु ।”

कार्यक्रममा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश– ५ लाई मुलुककै नमूना प्रदेशको रुपमा निर्माण गर्नका लागि काम अघि बढाएको बताउनुभयो । उहाँले आर्थिक प्रगति र कामका हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश अगाडि रहेको बताउनुभयो । मन्त्री गिरीले रुपन्देहीका विभिन्न स्थानलाई शहरीकरणकोरुपमा विकास गर्नका लागि सडक, खानेपानी, ढल निकास र सञ्चारको विस्तारका लागि स्थानीय तहसँग छलफल भइरहेको बताउनुभयो । मन्त्री गिरीले प्रदेशको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगलाई प्राथमिकतामा राखेर विभिन्न योजना र कार्यक्रम तय गरेको उल्लेख गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पनि नगरको विकासका लागि भइरहेका गतिविधिको लामै सूचि पेश गर्नुभयो । स्थानीय तहमै पहिलो पटक तिलोत्तमा लगानी सम्मेलन सम्पन्न गरेको तिलोत्तमाले प्रस्ताव गरिएका २२ वटा परियोजना कार्यान्वयनको चरणमा रहेको प्रमुख घिमिरेले बताउनुभयो । नगरले गुणस्तरीय शिक्षा, स्वास्थ्यलाई जोड दिँदै विभिन्न कार्यक्रम बनाएको बताउनुभयो ।

ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताउँदै नगरप्रमुख घिमिरेले ज्येष्ठ नागरिक र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउनुभयो । नगरमा कृषि, पशुपालन, उद्यमशीलता, उद्योग प्रवद्र्धन, फोहरमैला व्यवस्थापन, बजार अनुगमन जस्ता कायर्कलाई प्रभावकारी ढङ्गले अगाडि बढाएको उहाँले बताउनुभयो ।

कतिपय समस्या रहे पनि अधिकांश राम्रा काम भएको स्थानीय मतदाता देवी वाग्लेले बताउनुभयो । खासगरी सांसद पौडेल र नगर प्रमुख घिमिरेले यहाँको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै मतदातले प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

सम्बन्धित

मन्त्रिपरिषद्को बैठक बस्दै

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com