
‘ब्रेजनेभ भन्छन् ः महोदय, तिमिहरुसंग नयां सुपर कप्युटर छ भन्ने कुरा मलाई केजीबीले रिपोर्ट दिएको छ, जसले सन् २००० मा के हुन्छ भन्ने कुरा समेत भविष्यबाणी गर्न सक्छ रे ।
निक्सन प्रतिउत्तर दिन्छन, हो हामीसंग त्यस्तो कम्प्युटर छ ।
ठीक छ — राष्टपति महोदय, उसोभए मलाई बताइदिनुस् कि त्यतिबेला हाम्रो पोलिटव्युरो सदस्यहरु को को हुनेछन् ?
दुईजनाबीचको फोनवार्तामा लामो मौनाता देखा पर्दछ । निक्सनबाट कुनै उत्तर नआएपछि ब्रेजनेभले हास्ंदै भन्न थाल्छन्—वास्तवमा तिमीहरुको कम्प्युटर सोचिएजस्तो सुपर रहेनछ ।
होइन, महासचिव महोदय निक्सनले प्रतिउत्तर दिंदै बोल्छन् —तपाईंको प्रश्नको जबाफ मसंग छ । तर म त्यो पढ्न् असमर्थ छु ।
किन नसक्नु, ब्रेजनेभले उत्तरको माग गर्दछन् ।
निक्सनको जबाफ आउंछ, — किनभने त्यो चिनिया भाषामा छ ।’
सन् १९६९ मा तात्कालीन सोभियत कुटनीतिज्ञ आर्केडी सेभेचेन्कोले अमेरिकन खुफिया तथा सुरक्षा अधिकारी माइकेल पिल्सबुरीलाई सुनाएको कुटनीतिक जोक हो यो । तात्कालीन समयमा अमेरिका र चीनबीचको सम्वन्ध बन्न थालेको परिवेश तथा कुनैपनि हालतमा सोभियतसंघलाई पछार्नु पर्ने अमेरिकी रणनीतिको योजनामा सोभियतसंघलाई कम्युनिस्ट देशहरुबाटै अलग गर्ने रणनीति कार्यान्वयनको समय थियो । त्यहीबेला सोभियत अधिकारीहरुले अमेरिकीहरुलाई तिमीहरुले सोचेजस्तो चीन सामान्य देश होइन, त्यो निकै खतरनाक छ भन्ने दृष्टान्तका लागि संयुक्त राष्टसंघको पैंतीसौं तलामा रहेको सोभियत मिशनको कार्यालयमा सोभियत अधिकारी सेभचेन्कोले माथिको व्यंग्य सुनाएका थिए । त्यो व्यंग्य सन् २००० देखि नै व्यवहारिक रणनीतिमा बदलिएकोमा अमेरिकी नीति निर्माता र खुफिया रणनीतिकारहरु हैरान छन् । त्यही तथ्यलाई पुष्टि गर्दै माइकेल पिल्सबुरीले चीनले अमेरिकी विश्व महाशक्तिको हैसियतलाई सन् २०४९ मा पुग्दा नपुग्दै सम्पूर्ण रुपमा समाप्त गर्ने चेतावनी सहितको सनसनीपूर्ण पुस्तक लेखेका छन्, ‘सय वर्षे म्याराथुन, (अमेरिकन विश्व महाशक्ति विस्तापित गर्ने चिनिया गुप्त रणनीति)’ (The hundred Year Marathon(China’s Secret Startegy to Replace America as the Global Super Power)
सय वर्षे म्याराथुन नामक पुस्तकको निश्कर्ष छ — सन् १९४९ मा जनवादी गणतन्त्र चीन घोषणा भएदेखिनै आगामी एक शताव्दीभित्र संसारभर चिनिया हेजेमोनी कायम गर्ने सपना अध्यक्ष माओले देखेका थिए । त्यसयताका देङस्याओपिङ, जियाङजमिन, हु जिन्ताओ र वर्तमान राष्टपति सि जिन पिङले अझ स्पष्ट गरेको रोचक विवरणहरुले किताव सनसनीपूर्ण लाग्दछ । विश्वप्रसिद्ध चिनिया युद्ध रणनीतिकार सुनत्जुको ‘दि आर्ट अफ वार’ देखि माओको युद्ध रणनीतिसम्मले चिनिया विश्वमहाशक्ति बन्ने बाटोमा अघि डो¥याएको लेखेकको दावी छ । उनले चीनले सय वर्षे विश्व महाशक्ति बन्ने रणनीतिका लागि आधारभूत रुपले ९ वटा सिद्धान्तका आधारमा काम गरेको व्याख्या गरेका छन् ।
१. आफ्ना प्रतिद्धन्दीविरुद्धको सहनशीलता र रणनीति
२. विरोधीका सल्लाहाकरहरुको प्रयोग — दुरुपयोग
३.धैर्य गर, एक दशक वा त्यो भन्दा पनि लामो समय जबसम्म विजय प्राप्त हुंदैन ।
४.विरोधीको आइडिया र प्रविधिको चोरी, जसले आफ्नो रणनीतिलाई सघाओस्
५.दिर्घकालीन प्रतिद्धन्दीतामा सैन्य सामाथ्र्य मात्र विजयका लागि क्रिटिकल फ्याक्टर बन्दैन
६.हेजेमोनी छ भन्ने स्वीकार गर्दै डोमिनेन्ट गर्ने तहसम्म पुग्नका लागि त्यस्तो कुरालाई अधिकतम रुपमा तन्काउने
७.नेभर लुज साइट अफ सी shi) ।
८. आफ्नो हैसियत मापन गर्ने कुरालाई अरु चुनौतीहरु सामान गर्नका लागि स्थापित गर्ने
९.अरुबाट घेरावन्दीमा पर्न सक्ने कुराप्रति सधैंभर चनाखो रहने
यस्ता सिद्धान्त र रणनीतिक दाउपेचका आधारमा चीनले रणनीतिक सुझबुझको गुप्त ढंगले चिनिया आणविक बैज्ञानिकहरुले काम गर्दै अघि बढेर सन् १९८६ मा सैन्य तथा प्रविधिसम्वन्धी रणनीति बनाएको (पृ. ३७) दाबी गरिएको छ ।
‘सम्राटको कहिल्यै पनि तौल नसोध्नु’ भन्ने चिनिया लोकोक्तिलाई आदर्श मान्ने चिनियाहरुले युद्धरत राज्यहरुको मानसिकतालाई आधुनिकीकरण गरेर अघि बढेकाले नै यति विघ्न प्रगति गरेर विश्वमहाशक्ति बन्ने तहमा आइपुगेका हुन् भन्ने रोचक दृष्टतान्तहरु पुस्तकमा पढ्न पाइन्छ ।
चिनिया भाषाको (shi)सी शाब्दको व्याख्या र बुझाईमा उत्पन्न पश्चिमा विशेषगरी अमेरिकी बुद्धिजीवी र विश्लेषकहरुको संकटका बरेमा दुई वटा अध्यायमा निकै ठूलो बहस गरिएको छ । अमेरिकी रणनीतिकार तथा चर्चित कुटनीतिज्ञ हेनरी किसिन्जरले समेत सी(shi) शव्दको चार प्रकारले चिनिया भाषामा प्रयोग हुने गरेको दृष्टान्त समेत अघि सारेको दृष्टान्त दिंदै लेखकले सी(कजष्) केवल एउटा शव्द नभएर चीन विश्व महाशक्ति बन्ने सूत्र, रणनीति र सिद्धान्त भएको दावी गरेका छन् । चिनिया रणनीतिले कसरी काम गरेको छ भन्ने कुरामा सी(कजष्) शव्द नै धेरै क्रुसियल बुझाइ रहेको हुनाले तात्कालीन परिस्थितिमा शक्ति सन्तुलन गर्न कठिन भएको पिल्सबुरीको दावी छ ।
सी(shi) शब्दको पश्चिमा तथा विश्व शव्दकोषमा यथार्थ अर्थ नभएको स्पष्ट गरेका छन् उनले । तर चिनिया नेतृत्व र अधिकारीहरुले आफ्नो सुविधाअनुसार पश्चिमा संसारका लागि सी(कजष्) शव्दको प्रयोग गर्दै आएको उनको तर्क छ । सी(कजष्)अवधारणाअनुसार नै सन् १९७९ मा चीनले भियतनामाथि आक्रमण गरेको दृष्टान्त समेत प्रस्तुत गरिएको छ पुस्तकमा ।
सन् १९७० को दशकमा स्थापित भएको अमेरिका—चीन सम्वन्ध अमेरिकी प्रयासमा भनेर जतिसुकै व्याख्या गरिएतापनि त्यो चिनिया रणनीतिअनुसार नै भएको लेखकको दावी छ । त्यसलाई पुष्टि गर्न उनले अमेरिकाले चीनसंग हात मिलाएर जबाफमा आफ्नै कमजोरीको चीनलाई परिचय दिनु बाहेक केही हात नपारेका कैयौं तथ्य र तर्कहरु उनले अघि सारेका छन् ।
त्यतिबेला अमेरिकाले चीनसंग सम्वन्ध गांस्नुका मुख्य दुई वटा स्वार्थ थिए । एउटा सोभियसंघलाई कमजोर बनाउने र अर्कोे तात्कालीन उत्तर भियतानामको युद्धमा चिनले गरिरेहेको सहयोगलाई कम गर्ने, जब कि सन् १९५३ मा चिनिया सैन्य सहयोगमा उत्तर कोरियाको जन्म भएको थियो । त्यस्तो अवस्था फेरि नदोहोरियोस् भन्ने अमेरिका चाहन्थ्यो । अमेरिका भियतनाम युद्धमा फसिरहेकै थियो । निक्सनसंगका भेटमा माओले स्पष्ट रुपले तिम्रो सेना फर्काउ, हामी अन्यत्र जांदैनौ (your troops back on your soil; ours do not go abroad) भनेका थिए । तर अमेरिका पछि फर्कंदा नर्फंकंदै चिनले भियतनाममा सेना पठाएर कम्युनिस्ट राज्य स्थापना गरेको बताउंदै त्यो चिनिया रणनीतिक सी(कजष्) सिद्धान्तले नै काम गरेको लेखकको दलिल छ ।
कम्वोडियन युद्ध, पोलपोटलाई हटाउने रणनीतिमा सिंगापुर थाइल्याण्डसंगै चीन र अमेरिकाको साझेदारीदेखि बर्तमान विश्व व्यपारका साझेदारीसम्मको विवरण प्रस्तुत गर्दै रिचर्ड निक्सनदेखि विल क्लिन्टन हुंदै जर्ज बुश प्रशासनसम्म रक्षा र खुफिया विभागमा कार्यरत लेखक पिल्सबुरीले अमेरिकी नेतृत्व चिनियाहरुको मायाजालमा परेको गजब आरोप लगाएका छन् ।
१९८९ को तियानमेन स्क्वाएर घटनादेखि सन् १९९७ मा बेलग्रेडमा रेहको चिनिया दूतावासमा अमेरिकाले वमबारी गरेर चिनलाई अमेरिका विरुद्ध उत्तेजक बनाएर आक्रमण गर्ने षडयन्त्रसमेत चीनले कुशलतापूर्वक असफल बनाइदिएका घटना पुस्तकमा छन् । ७ मे १९९७ मा सिआएको बि टु बम बर्षक विमानबाट बेलग्रेडमा रहेको चिनिया दूतावासमा आक्रमण गर्दा ३ जना कर्मचारी मारिएका थिए । अमेरिकाले निरन्तर चिनिया अधिकारीहरुलाई किन्ने, चोरी गर्ने क्रममा फेला पारेका ‘मिस्टर ह्वाइट’ र ‘मिसेस ग्रिन’ले बेलग्रेड दूतावासमा अमेरिकाले आक्रमण गरेपछि बसेको चिनिया कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठकमा नेताहरु बोलेको कुराको विवरणसमेत सिआइएले फेला पारेको सनसनीपूर्ण विवरण समेत पुस्तकमा सिंगो एउटा अध्याय छ । मिस्टर एण्ड मिसेस ह्वाइट सिआइएले गरेको पोलिग्राफिक परिक्षणमा पनि उत्र्तिण भएको पिल्सबुरीले खुलासा गरेका छन् ।
सन् १९९२ भन्दा पहिलेका आइजनहावर, केनेडी र जोनसनले भन्दा बिल क्लिन्टनले चीनप्रति कडा रुख अपनाएको पिल्सबुरीको बुझाई छ । २८ मे १९९३ मा क्लिन्टनले चीनलाई देखाइदिनकै लागि भएपनि दलाइ लामा र तिव्वती भगौडाहरुको ४० सदस्यीय टोलीलाई ह्वाइटहाउसमा स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्