ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलक्षेत्रको अन्तर्राष्टिय अनुभव लियौँ – नेपाली सेना


एबीसी न्यूज
कार्तिक १६, २०७६ शनिबार   ११ : २०   बजे

काठमाडौं, १६कात्तिक । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न नेपाली सेना सफल भएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा चीनको उहानमा आयोजित उक्त प्रतियोगितामा पदक प्राप्त गर्ने सूचीमा नपरे पनि कयौँ विधामा विभिन्न मुलुकलाई पछि पार्दै सेनाले प्रतिस्पर्धाका लागि आफू सक्षम रहेको पुष्टयाई गरेको छ ।

नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझी भन्नुहुन्छ, “यस पटक मेडल प्राप्त गर्न सकेनौँ, तर पनि धेरै राष्ट्रलाई पछि पार्न सफल रह्यौ । विभिन्न मुलुकका सेनासँग मित्रता कायम गर्ने र ओलम्पिक विजेतासम्मका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्यो, जुन हाम्रा लागि निकै महत्वपूर्ण र गौरवको विषय हो ।” नेपालले फ्रान्स, म्यान्मा, लक्जेम्बर्ग, बुर्गीना फाँसोलगायतका देशलाई बक्सिङ र ब्याडमिन्टनजस्ता खेलमा पराजित गरेको थियो ।

विश्वका १०९ मुुलुकका नौ हजार ३०८ सैनिक खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा दुई प्रदर्शनीसहित २७ खेल विधा समावेश गरिएको थियो । आयोजक राष्ट्र चीन, रसिया र ब्राजिलले प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा पदक जित्ने ६६ मध्ये ३३ राष्ट्रले स्वर्ण पदक जित्न सफल भए ।

पहिलो पटक सहभागी भएको नेपालले १३ विधामा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा तुलसा खत्रीले ट्राक एण्ड फिल्डअन्तर्गतको ४०० मिटरको दौड ५९।५७ सेकेन्डमा पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गर्नुभयो भने सोही विधाको ८०० मिटर दौडमा सोमबहादुर कुमालले अन्तिम चरणमा प्रवेश गर्ने अवसर प्राप्त गर्नुभयो । छोटो समयको तालीम लिएर उक्त प्रतियोगितामा भाग लिन ४० जना खेलाडी उहान पुगेका थिए । प्रशिक्षकलाई समेत खेलक्षेत्रका नवीनतम् ज्ञान पर्याप्त थिएन ।

महासेनानी रायमाझी भन्नुहुन्छ, “अन्तर्राष्ट्रिय खेलजगतमा हामीले हाम्रो क्षमता देखेका थिएनौँ, छनोट गरेर ल्याएका केही खेलाडीबाट राम्रो प्रदर्शन पनि भयो, हामीले कल्पनासम्म नगरेका खेल मैदान देख्न र त्यसमा खेल्न पायाँै ।”

तीस जना सहभागी रहेको बक्सिङको ४९ केजी तौल समूहमा तेजबहादुर देउवा पाँचौँ हुनुभयो भने महिलातर्फ ६० केजी समूहमा पुनम रावले पनि पाँचौँ स्थान हासिल गर्नुभयो । नेपाली खेलाडी प्रतिस्पर्धामा अब्बल देखिए पनि कतिपय खेल विधामा अङ्क प्राप्त गर्ने नवीनतम् विधिबारे अनविज्ञ भएका कारण नतिजा हासिल चुनौती खडा भएको प्रतिक्रिया प्राप्त भएको थियो ।

ब्याडमिन्टनतर्फ ३२ जना सहभागी रहेको प्रतिस्पर्धामा रञ्जीत तामाङ र अनुमाया राईले पाँचौँ स्थानमै सीमित हुनु प¥यो भने ६२ केजी तौल समूहमा भएको कुस्तीमा सुशीला चन्द पाँचौँ हुनुभयो । पदकका लागि नेपालले निकै आशा गरेको २० राष्ट्रको सहभागी रहेको तेक्वान्दो ८० केजी तौल समूहमा रामदत्त भट्ट र २७ जना सहभागी रहेको ६३ केजी तौल समूहमा ज्ञानेन्द्र हमाल दुवैले सातौँ स्थानमै चित्त बुझाउनु प¥यो ।

सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख रायमाझी भन्नुहुन्छ, “नेपालले सातौँ सिजम्स् वल्र्ड मिलिटरी गेम्सबाट उत्कृष्ट अनुभव बटुलेको छ, निकट भविष्यमा हुने साफ र अन्य खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शनी गर्न सक्छन् भन्ने आशा छ ।”प्रतियोगितमा सहभागी हुने क्रममा प्रतिनिधिमण्डलस्तर र खेलाडीबीचको भेटघाटमा भएका अनुभव आदानप्रदानले सैनिक कुटनीति विस्तारमा समेत योगदान पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group