ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छठपर्व सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै


admin

काठमाडौं, १४ कात्तिक । लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा तराईका विभिन्न जिल्लाबाट रोजगारका लागि पोखरामा बसोबास गर्नेहरु धार्मिक एवं सांस्कृतिक पर्व छठ उत्साहका साथ मनाउन जुटेका छन् ।

छठपर्व मनाउनका लागि आवश्यक बाँसका टोकरीलगायतका सामग्रीहरु सहजरूपमा पाउनु, स्थानीयवासीको पर्वप्रतिको अभिरुचि तथा सहयोगी भावनाका कारण पोखराको प्रसिद्ध फेवातालका साथै अन्य नदीहरुमा पनि भव्यरूपमा पर्व मनाउने गरिएको पोखरामा व्यापार गर्दै आइरहनुभएका ललनकुमार झाले बताउनुभयो ।

कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजबाट विधिवतरूपमा शुरु भई सप्तमी तिथि अर्थात् आइतवार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि यो पर्व विधिवतरूपमा सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले शुद्ध भोजन ग्रहण गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमी तिथिमा दिनभर व्रतालु उपवासमा बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाएर देवीदेउतालाई अर्पण गरी प्रसादको रुपमा परिवारका सदस्यलाई वितरण गरेर आफू पनि प्रसादको रुपमा ग्रहण गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ ।

खरनाको प्रसाद ग्रहणलगत्तै व्रतालुले पुनः उपवासको निरन्तरता दिँदै करीब ४० घण्टा निरन्तररूपमा उपवास बसेर कात्तिक शुक्ल षष्ठीमा अस्ताउँदो र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व समापन हुन्छ । सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्ने उद्देश्यका साथ यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।

छठ माता को हुन् रु

षष्ठी शब्द अपभ्रंश हुँदै ‘छठी’ र छठीबाट छठपर्वको रुपमा नामाकरण भएको धार्मिकग्रन्थको आधारमा देखिन्छ । छठपर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा श्रीमद्देवी भागवत पुराणमा वर्णन गरिएको छ । सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको सम्बन्धमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको हो ।

सो धार्मिक ग्रन्थमा उल्लेख गरिएनुसार, राजा प्रियव्रतलाई सन्तान थिएन । ऋषिमुनिको सल्लाहमा राजाले यज्ञ गर्नुभयो । महर्षि कश्यपले यज्ञका लागि पकाइएका खीर महारानी मालिनीलाई प्रसादको रुपमा सो खीर ग्रहण गर्न दिनुभयो । त्यो खीर ग्रहण गरेपछि निर्धारित समयमा रानीले पुत्रलाई जन्म दिइन् । तर, पुत्र मृतावस्थामा जन्म लिए । मृत सन्तानको जन्मको खबरले राजा अति विह्वल भए । सो सन्तानको अन्तिम संस्कारको समयमा राजाले श्मशानघाटमा प्राण त्याग गर्न खोजे ।

सोही समयमा दिव्य रथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै देवीले भन्नुभयो, “म ब्रह्माकी मानसपुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी भनिन्छ ।” देवीले राजाका मृत सन्तानलाई काँखमा राखेर जीवित पार्नुभयो । उहाँले मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनुभयो । मेरो पूजा गरेमा सन्तानको रक्षा, सन्तान कर्मशील हुने, घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिनुभयो ।

कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिमा छठपर्व मनाउन थालिएको धार्मिक विश्वास रहिआएको छ । षष्ठी देवीको नामबाट कालान्तरमा शब्द अपभ्रश हुँदै ‘छठी’ र छठ पर्व भन्न थालिएको विश्वास गरिन्छ ।

छठपर्वमा सूर्यको पूजा

छठपर्वको अवसरमा सूर्यदेवको पूजा रामायणसँग जोडिएको छ । त्रेतायुगमा भगवान् राम १४ वर्षको वनवासको अवधिमा रावणको बध गर्नु भएको थियो । १४ वर्षको बनवासको अवधि पूरा गरेर कात्तिक औँशी तिथिमा अयोध्या फर्केपछि अयोध्यामा दीपावली मनाइएको रामायणमा उल्लेख गरिएको छ ।

दीपावलीको आठौँ दिन छठ पूजा गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यारोहण गर्नुभन्दा पहिले ब्राह्मण ९रावण०को हत्याको पापबाट मुक्त हुन ऋषिहरुले सूर्यदेवको पूजा गर्न सल्लाह दिनुभयो । कात्तिक शुक्ल षष्ठी र सप्तमी तिथिमा भगवान् रामले सूर्यदेवको पूजा गर्नु भएकाले सोही दिनदेखि छठपर्वमा सूर्यदेवको पूजा हुन थालेको विश्वास गरिन्छ ।

यी दुई महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी देवी अर्थात् छठी माता र सूर्यदेवको पूजा एकैसाथ हुन थालेको विश्वास गरिन्छ । यसका साथै, भविष्य पुराणमा उल्लेख गरिएनुसार, शौनकमुनिको जिज्ञासामा मुनि सूतजीले रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टबाट मुक्त हुनका लागि कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्यदेवको विधिवत पूजा गर्न सल्लाह दिएको उल्लेख गरिएको छ ।

सोही अवसरमा पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउँदै भीष्म पितामहले एक दुष्ट क्षेत्रीय राजा कुष्ठरोगबाट पीडित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि आत्महत्याको विचार गरे । सोही समयमा एक विद्घान ब्राह्मण दरबारमा आइपुग्नुभयो । राजाले उहाँसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, कष्टमा रहेको सुनाएपछि सो ब्राह्मणले सूर्यदेवको उपासना गर्न र सो अवसरमा खरनादेखि छठपर्वको पूजा गर्ने विधिबारे विस्तारमा जानकारी गराएपछि छठपर्व मनाउन थालिएको उल्लेख गरिएको छ ।

कृषिमा आधारित पर्व छठ

यस पर्वलाई कृषिमा आधारित पर्वको रुपमा पहिचान गरिन्छ । यस पर्वमा पूजा गर्नका लागि बाँसको नयाँ टोकरी, कोनियाका साथै प्रसादको रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भाण्टा, मुला, सुथनी, अँकुरी, अलुवा, जुटा, मिठाइ र पकवानको रुपमा ठेकुवा र भुसुवा अनिवार्यरूपमा चढाउने गरिन्छ ।

नियम निष्ठा र पवित्रताका साथ मनाउने गरिएको यो पर्व भाकल पूरा भएपछि शुरु गरिन्छ । त्यसपछि, प्रत्येक वर्ष मनाउनुपर्ने नियम रहेको छ । यो पर्वको खास विशेषतामा समाजका सबै वर्ग पूजास्थलमा एकैसाथ रहनु, उँचनीचको भेदभाव नहुनु र जोकोही व्रतालु पूजास्थलमा अघ्र्य अर्पण गरिदिएमा पूजा पूर्णरूपले सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com