ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानसेनापति प्रशंसा निशानबाट दश सैनिक सुशोभित


admin
कार्तिक ८, २०७६ शुक्रबार  १२ : ३६ बजे

काठमाडौं, ८ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति प्रशंसा निशानबाट’ नेपाली सेनाका विभिन्न दर्जाका दश सैनिकलाई सुशोभन गर्नुभयो । बेलायतको बेल्स ब्रेकनमा विसं २०७६ असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालित ‘एक्सरसाइज कम्बरियन पेट्रोल २०१९’ मा अभ्यासमा सहभागी भई स्वर्णपदक विजेता अधिकृत, पदिक तथा अन्य दर्जालाई उहाँले सो निशान प्रदान गर्नुभएको हो ।

बेलायत, नेपाल र विश्वका ३४ देशका १४० सैन्य टोलीको सहभागिता रहेको सो सैन्य अभ्यासलाई विश्वस्तरीय मानिन्छ । नेपाली सेनाले सन् २०१४ देखि सो अभ्यासमा सहभागिता जनाउँदै आएको थियो । बेलायतले सन् १९६० देखि सो अभ्यास सञ्चालन गर्दै आएको छ । सो निशान प्राप्त गर्नुहुनेमा प्रमुख सेनानी असीमदीप गुरुङ, सहसेनानी कसम श्रेष्ठ, जमदार वसन्त रावत, हुद्दा निरोज अधिकारी, प्युठ युविन अम्गाई, प्रदीपकुमार दर्लामी, अर्जुन मोक्तान, ध्रुव अधिकारी, सिपाही कौशल भुजेल र सन्तोष श्रेष्ठ हुनुहुन्छ ।

आज नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले ती सैनिकलाई प्रशंसा निशान प्रदान गर्दै नेपाली सेनाको गौरममय इतिहासलाई विश्वसामु जीवन्तरूपमा परिचित गराउन अहम् भूमिका खेलेकामा स्वर्णपदक विजेता सैनिकलाई धन्यवाद एवं बधाई दिनुभयो । उहाँले भन्नुभयो, “अत्यन्त कठिन र चुनौतीपूर्ण अभ्यासमा खरो र प्रतिस्पर्धात्मकरूपमा उत्रिइ चुनौतीलाई दृढतापूर्वक सामना गरी उच्च सफलता प्राप्त गर्नु नेपाली सेनाको इतिहास रहिआएको छ । यो इतिहासलाई आगामी दिनमा पनि कायम राख्र्नुुपर्छ ।”

सो अभ्यासमा विशेषगरी युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिन्छ । यसमा विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ । अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले दुई दिनभित्रमा हतियार तथा करीब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा खटिनुपर्छ ।

निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताहरूको परीक्षण अभ्यासमा क्रममा गरिन्छ । सो अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोली सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com