काठमाडौं, ७ कात्तिक । सरकारको कृषि संयन्त्रहरुले खाद्यान्ह, तरकारी, फलफुल र पशुपालन जस्ता बिषयमा कृषि निती बनाउन खोजेपनि हरेक वर्ष करोडौं रकम बिदेशी रहेका पुष्पब्यवसायलाई भने पुरै बेवास्ता गरेको छ । रुपन्देहीका केहि उत्साहि महिलाहरुले फुल खेतीलाई ब्यवसाय बनाउ खोजे पनि राज्यसंग फुल खेती सम्बन्धीनिती नभएकै कारण उनीहरुको लगानी डुब्ने खतरा देखिएको छ ।
नेपालमा मेलापर्व होस् वा पुजाआजा, सभा सम्मेलन वा स्वागत सत्कार । हरेक कार्यहरुमा सबै भन्दा रुचाईने बिषय हो फुलको माला । तर यति धेरै आवश्यकता भित्र पर्ने फुल र फलका मालाकै लागि देशको करोडौं रकम हरेक वर्ष मुलुक बाहिर जाने गरेको छ । पछिल्लो समय त सक्कली फुलमा मात्र होईन नक्कली फुलमा पनि नेपालीहरुको लाखौं रकम मुलुक बाहिर जाने गरेको छ ।
तिहार, यो पर्वलाई नेपालमा फुलहरुको पर्व पनि भनिन्छ । नेवार जातीले घ्वाल्ल गर्ने काम देखि अन्य जाती समुदाययले सयपत्री र सुपारी फुलको माला लगाउने कार्य सम्म फुलहरु कै प्रयोग हुने गर्दछ । सक्कली फुलको माला पाउनै छाडेपछि र पाएपनि महङ्गो पर्न थालेपछि नक्कली मालाको बिगबिगी बजारमा ह्वात्तै बढेर गएको छ । बुटवल नेपालगन्जरोडका मजिद मियाले मात्र बार्षिक ७० लाख बढीको नक्कली फुलको मालाको कारोबार गर्छन् ।
हरेक वर्ष फुलहरुमा नेपाली रकम बिदेशीन थालेपछि अघिल्लो वर्ष देखि रुपन्देहीको तिलोत्तमा फुल खेती सुरु गरिएको थियो । तिलोत्तमाबाट सुरु भएको फुल खेति यस वर्ष बढेर जिल्लाका दर्जन बढी स्थानमा फैलिएको छ ।
प्रदेश नम्बर ५ मै पहिलो फुल खेतीगर्न सिकाउने संस्थाले लगाएको फुल खेतीभने यस वर्ष फस्टाउन सकेन । अधिक वर्षा र फुलको लागि आवश्यक माटोको पहिचान गर्न नसक्दा महिलाहरुको समुह तिलोत्तमा सहकदम कृषक समुहकी सदस्य पार्वती गिरीले लगाएको फुल यस वर्ष निकै कम फुलेको गुनासो गर्छिन् ।
सरकार संग फुल खेती सम्बन्धी निती नै नभएका कारण फुल खेत गर्न अग्रसर भएका महिलाहरु पछि हट्ने सम्भावना देखिएको फुष्प ब्यवसायीहरुले बताएकाछन् । उनीहरुले राज्यका प्राबिधीकहरुले सबै प्रकारका बाली लगाउन सीकाउने गरेता पनि फुल लगाउने बिधि र तरिका राज्यकै कृषि निकायलाई थाहा नभएको बताउंछन् ।
राज्य दाल, भात तरकारी, फलफुल, दुध, दहि मोई र माछा मासुको कार्यक्रम ल्याउंछ, तर फुलको कार्यक्रम ल्याउंदैन । जडीबुटीजन्य बनस्पतीको कुरा गर्छ, रुख बिरुवाको कुरा गर्छ तर करोडौं रकम बाहिरिरहेको फुलको कुरा गर्दैन । राज्यसंग फुल खेतीका बिषयमा एकजना पनि बिज्ञ छैनन् । तर नेता ज्युहरुको मुखै छोपीनेगरि गला भरिको मालाको चाहाना बढ्दै गएको छ । तर उनीहरुमा मालाको खेती गर्ने बिधि बनाउने चेत देखिएको छैन ।
हो, राज्यका कृषि सम्बन्धी निकायसंग खाद्य बाली, तरकारी फलफुल तथा पशुपालन सम्बन्धी कामचलाउ निती रहेपनि राष्ट्रको करोडौं रकम मुलुक बाहिर जाने फुल खेत गर्ने निती छैन । संघिय देखि प्रदेश र स्थानीय सरकारले समेत फुल खेतीका प्राबिधकि जनशक्ति उत्पादन गर्ने तर्फ चासो देखाएको छैन । परिणाम राज्यको धुकुटी जोगाउन आफै फुल खेतीगर्न तम्सेका ब्यवसायीहरुको लगानी डुब्ने संभावना देखिएको छ । महिलाहरुको फुल खेतीप्रतिको उत्साहलाई प्रोत्साहन गर्नु राज्यको कर्तब्य होईन र ?
प्रतिक्रिया दिनुहोस्