ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘शान्ति, विकास र सुरक्षाका लागि सबल असंलग्न आन्दोलन अपरिहार्य’


admin
कार्तिक ६, २०७६ बुधबार  ७ : ५५ बजे

काठमाडौं, ६ कात्तिक । असंलग्न आन्दोलन नामको संस्थापक राष्ट्र नेपालले शान्ति, विकास र सुरक्षाका लागि सबल एवं सक्रिय ‘नाम’ अपरिहार्य भएको बताएको छ ।

अजरबैजानको बाकुमा जारी नामको मन्त्रिस्तरीय बैठकमा नेपालले सङ्गठनका सदस्य राष्ट्रबीच एकताको भावनासहित एकअर्काको क्षमता अभिवृद्धिमा सघाउनुपर्नेमा जोड दिएको छ ।उक्त बैठकलाई आज सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यस्तो पारस्परिक सहयोग आफ्ना अनुभव, असल अभ्यास तथा स्रोत र साधनको उपयोग दक्षिण–दक्षिण सहयोग संयन्त्रमार्फत हुनुपर्ने बताउनुभयो ।

असंलग्न आन्दोलनका सिद्धान्त नेपालको परराष्ट्र नीतिका आधारभूत तत्व हुन् भन्दै उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई मार्गदर्शन गराउने ती सिद्धान्तलाई नेपालको संविधानमा नै समाहित गरिएको बताउनुभयो ।सार्वभौमिकताका सिद्धान्त तथा राज्यहरुको समान सम्प्रभुता, भौगोलिक अखण्डता, कुनै पनि देशको आन्तरिक मामिलामा अहस्तक्षेप, अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान नै बहुपक्षीयता प्रणालीका मौलिक सिद्धान्तलाई नेपालले मान्दै आएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

“समान अधिकार, समान अवसर, समान संरक्षण र सबै राष्ट्रका सम्मानका निम्ति असंलग्न आन्दोलन हो,” नामका लक्ष्य र उद्देश्य स्मरण गराउँदै परराष्ट्रमन्त्रीले भन्नुभयो ।निर्धारित समयभित्रै दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सामयिक सुधार महत्वपूर्ण हुनेमा जोड दिँदै उहाँले उक्त प्रणालीलाई अझ प्रजातान्त्रिकीकरण गर्न उदार, पारदर्शी एवं निष्पक्ष तुल्याउनुपर्ने बताउनुभयो ।

परराष्ट्रमन्त्रीले भन्नुभयो, “व्यापार र लगानी आर्थिक वृद्धिका साधनमात्र होइनन् समावेशी वृद्धि र दिगो विकास सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम हुन् । अतः अन्तर्राष्ट्रिय व्यापार र लगानी व्यवस्था सर्वव्यापी, खुला, निष्पक्ष, विधिमा आधारित, अनुमानयोग्य र भेदभावरहित हुनुपर्छ जसबाट सबै देश समानरुपमा लाभान्वित हुनेछन् ।”

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न त्यससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्नु नेपालको राष्ट्रिय प्राथमिकता भएको, अल्पविकसित राष्ट्रबाट देशलाई विकासशीलमा रुपान्तरण गर्न नामसदस्यसहित अन्तर्राष्ट्रिय सहायताको अपेक्षा गरिएको उहाँले बताउनुभयो । “त्यसनिम्ति हामीले सार्वजनिक–निजी साझेदारी गरेका छौँ, हामीलाई हाम्रो विकासका अन्तर्राष्ट्रिय साझेदारबाट थप सहयोग र साथमात्र होइन आवश्यक स्रोत, लगानी र प्रविधि पनि चाहिएको छ”, उहाँले भन्नुभयो ।

नेपालीले आफैँ निष्कर्षमा टुङ्ग्याएको शान्तिप्रक्रिया, नयाँ संविधानको घोषणापछि दिगो विकास र आर्थिक रुपान्तरणका प्राथमिकताबारे पनि मन्त्री ज्ञवालीले बैठकमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com