ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार : झिनो अङ्कले बढ्यो नेप्से


admin
कार्तिक ५, २०७६ मंगलबार   ६ : ०१   बजे

काठमाडौं, ५ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ ।

कारोबार रकम सोमबारकै हाराहारीमा रहेको छ । कूल १५५ कम्पनीको ६ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबार भएका छन् । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये छ उपसमूहको शेयर बढेको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत् १.३७, उत्पादन ९.४५, लघुवित्त १.२७, जीवन बीमा १९.०६ विन्दुले बढेको छ ।

यस्तै होटल ७.९९, वित्त ०.३, निर्जीवन बीमा १७.७१, अन्य ३.४३ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ३२ लाख २३ हजार ५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै प्रभु बैंक रु एक करोड तीन लाख १५ हजार ६०३, एनआईसीएशिया बैंक रु ९४ लाख ६३ हजार ८४६, एभरेष्ट बैंक रु ८६ लाख ९८ हजार १७, एनसीसी बैंक रु ६१ लाख ७१ हजार ५०७, नेपाल इन्भेस्टमेन्ट बैंक रु ५८ लाख ६० हजार ६१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार लक्ष्मी इक्विटी फण्ड ५.३०, हिमालयन डिस्टिलरी ३.९९, सूर्या लाइफ इन्स्योरेन्स ३.४६, सिद्धार्थ इन्स्योरेन्स २.९४ र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.५६ प्रतिशतले कमाए ।

यस्तै, एभरेष्ट बैंक लिमिटेड ४.९६, रिलायन्स फाइनान्स ४.४२, सगरमाथा इन्स्योरेन्स ४.०७, आशा लघुवित्त वित्तीय संस्था ४.०५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.९६ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group