
सुनसरी,५ कात्तिक । सुनसरीको इटहरी, विराटनगर सडक खण्डमा विहान बिरामी बोकेको एम्वुलेन्स र विपरित दिशाबाट आउदै गरेको ट्रक एक आपसमा जुध्दा ५ जना घाईते भएका छन् ।
दुहबी नपा ८ स्थित कोशी लोकमार्गमा ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको स १ ज ५२८ न. को एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको ना ५ ख २६०९ न. को ट्रक ठक्करलागी दुर्घटना हुदा एम्बुलेन्समा सवार ५ जना घाईते भएको एक नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सो दुर्घटनामा परी २ जना गम्भिर रहेको पनि प्रहरीले जनाएको छ । घाईतेहुनेहरुमा उदयपुर गढी गाउपालिका ४ बस्ने बर्ष ८३ को तिलक ब. मगर र एम्बुलेन्स चालक बस्ने बर्ष २५ को अमर राई गम्भिर घाईते भएका छन् । त्यसैगरी उदयपुर गढी गाउपालिका ४ का बर्ष २७ को सुजन मगर, बर्ष २६ को सरोज मगर र बर्ष १९ को डिल्लि राई सामान्य घाईते भएका छन् ।
घाईते सवैलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटनास्थलमा साईड लगाई राखेको ट्रक र ट्रक चालक जिल्ला बारा डुमरबना नगरपालिका १५ बस्ने बर्ष ३८ को ओहीत मंसुरीलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया दिनुहोस्