ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला क्रिकेट – पोखराको जीत


एबीसी न्यूज
कार्तिक ४, २०७६ सोमबार   ७ : ०२   बजे


काठमाडौँ, ४ कात्तिक ।  बुमन च्याम्पियन्स लिग (डब्लुसीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले लतिपुर फाल्कोन्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले ललितपुरलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । ललितपुरले दिएको १२३ रनको लक्ष्य पोखराले १७ दशमलव २ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो । पोखराको जितमा कविता कुँवरले अविजित ६१ रनको अर्धशतकीय इनिङ्स खेलिन भने बिन्दु रावलले ४० रन दिइन् । बलिङ्तर्फ ललितपुरकी ममता चौधरी र नेरी थापाले दुई÷दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले अविजित ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा कविता जोशीले ३१ तथा सम्झना खड्काले १० रन बनाइन् । पोखराकी सीता राना मगरले दुई विकेट लिइन् । पोखराले एक जीतसहित प्रतियोगिताको अन्त्य गरेको छ भने ललितपुर पनि जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group