काठमाडौं, २७ असोज । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच २० वटा समझदारीमा पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ ।
चिनीयाँ राष्ट्रपती सी जिनपिङ दुई दिने राजकिय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । नेपाल र चीन दुवै देशले निकै महत्व दिएको यो भ्रमणमा दुई देशविच १८ समझदारी पत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँको होटल सोल्टीमा आयोजित विशेष समारोहमा दुई देशका बीच २० समझदारीमा हस्ताक्षर भएको हो ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी हस्ताक्षर भएको हो । नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने नेपाल र चीनविच सहमति भएको छ ।
नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ ।
नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ ।
नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि भएको छ ।
नेपाल र चीनबीच सगरमाथा (चोमोलोङ्मा)को संरक्षणमा सहकार्य गर्ने समझदारी भएको छ ।
लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।
चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ ।
नेपाल–चीन सिमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको छ ।
काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।
त्यसैगरी नेपाल र चीनबीच,
बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।
परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ ।
नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ ।
चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी भएको छ ।
नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ ।
नेपालको कृषि विभाग र चीनको भन्सार सामान्य प्रशासनबीच साइट्रस(अमिलो स्वादका) फलफूल चीन निर्यातका लागि बिरुवालाई स्वस्थ राख्नेसम्बन्धी मापदण्डको कार्यविधि निर्माण गर्ने समझदारी भएको छ ।
नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारबारे छलफल गर्न दुवै देशका प्रतिनिधि सहभागी हुने संयुक्त संयन्त्र बनाउने समझदारी भएको छ ।
नेपालमा चीनले सहयोग गरेको भूकम्प सुपरिवेक्षण सञ्जाल परियोजनाका लागि वितरण र स्वीकृतिपत्रमा समझदारी भएको छ ।
नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानीमा सहकार्यका लागि दुवै देशको प्रतिनिधि सहभागी हुने गरी कार्यदल स्थापना गर्ने समझदारी भएको छ ।
नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य संस्थाबीच सुरुङ निर्माणमा सहकार्य गर्ने समझदारी भएको छ ।
नेपाल–चीन सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि सम्झौतापत्र आदानप्रदान भएको छ ।
चीनको सहयोगमा उपत्यकामा सञ्चालन हुने खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि बैठकको ‘माइन्युट’का लागि समझदारी भएको छ ।
समझदारीले नेपाल र चीन विचको सम्बन्धलाई अझ मजबुद बनाएको छ । चिनिया राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ओलीबीच भएका सहमति समझदारीहरुलाई दुवै देशबाट इमान्दारितापूर्वक पालना गर्न र लागु गर्न जरुरी छ । जसबाट मात्र नेपालको आर्थिक विकास र समृद्धीको बाटोलाई अघि बढाउन सहयोग मिल्नेछ ।
चिनियाँ राष्ट्रपती सी चिनफिङ नेपालको दुई दिने राजकिय भ्रमण गरी स्वदेश फर्किएका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपती सी ले नेपाल भ्रमण गरेका हुन् । २३ वर्षपछि चिनियाँ उच्च तहबाट नेपालमा भएको यो भ्रमण निकै फलदायी र सफल भएको छ । दुई देश बीचको मैत्री सम्बन्ध अझ मजबुद भएको छ भने नेपाललाई यस भ्रमणले आर्थिक लाभ प्रदान गरेको छ । यस भ्रमणले ऐतिहासिक रुपमा पनि निकै नै महत्व राखेको छ ।
असोज २५ गते पौने ५ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका चिनिया राष्ट्रपति सी लाई स्वागत गर्न राष्ट्रपती विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली विमानसम्मै पुगेका थिए । सी को स्वागतमा उपराष्ट्रपती नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधि सभाकी उप सभामुख शिवमाया तुम्बाहाम्फे, मन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्तिहरुले विमानस्थलमा स्वागत गरेका थिए । सीको उच्च सम्मानमा नेपाली सेनाले विमानस्थलमै गार्ड अफ रनर प्रदान गरेको थियो ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलपछि सी होटल सोल्टी पुगें । केही बेर आरामपछि राष्ट्रपती निवास शितल निवास पुगेर राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेटवार्ता गरें । भेटवार्तामा नेपाल–चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल हुनुका साथै आपसी सम्बन्धलाई मजबुद बनाउने कुराकानी भयो । लगत्तै होटल सोल्टी फर्केका सी ले विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरी नेपालमा जुन पार्टी सत्तामा आएपनि दुई देशबीचको सम्बन्ध स्थिर र मित्रवत रहने बताए भने चिनियाँ कम्युनिस्ट पार्टी नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको जनाए ।
सी को सम्मानमा राष्ट्रपती विद्यादेवी भण्डारीले आयोजना गरेको रात्री भोजमा सहभागी हुँदै चिनियाँ राष्ट्रपती सी जिनपिङले नेपालसँग कुनै पनि समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल चीनविच सुविधाजनक ‘कनेक्टिभिटी’ निर्माण गर्ने, चीन–नेपाल सीमापार रेलमार्ग बन्ने, केरुङ–काठमाडौं सुरुङमार्ग, अरनिको राजमार्ग स्तरोन्नति गर्ने, बढीभन्दा बढी नाका खोल्ने र भूपरिवेष्ठित अवस्थाबाट भूजडित देश बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने, भूकम्पपछिको पुनर्निर्माणमा चीनले जिम्मा लिएका योजनाहरूको पुनर्निर्माणमा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे । नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट बढीभन्दा बढी पयर्टक पठाउन उत्प्रेरित गर्ने उनले प्रतिवद्धता जनाए । जलवायु परिवर्तनबाट परिरहेको असरका सन्दर्भमा नेपालको मागलाई सम्बोधन गर्न पनि तयार रहेको बताए ।
त्यसैगरी, सी संग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समेत भेट गरे । भेटमा सी ले नेपालको राष्ट्रय सभा र चिनियाँ सांसदहरुसँगको सम्बन्धलाई विस्तार गर्दै नेपाल र चीनको मित्रतालाई अझ प्रबद्र्धन गर्न तयार रहेको बताए । सी ले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरुसँग भेटवार्ता गरी नेपाल चीनको सम्बन्ध अझ सुदृढ र सुमधुर बनाएर लैजानुपर्ने बताए । स्वच्छता र सुशासन कम्युनिष्ट पार्टीमा आवश्यक रहेको उनले नेताहरुलाई सुझाएका छन् । नेताहरुले एक चीन नीतिमा सरकार र पार्टी प्रतिबद्ध रहेको बताएका थिए ।
भ्रमणको दोस्रो दिन आइतबार विशेष महत्वको दिन रह्यो । नेपाल र चीनबीच औपचारिक छलफल भयो । भने राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दर्जनौं सहमति र समझदारीमा हस्ताक्षर भयो । जसले नेपालको विकास र समृद्धिमा निकै नै सहयोग पुराउने दिर्घकालीन महत्व बोकेको सम्झौताहरु भएका छन् । चीनले नेपाललाई ५६ अर्ब रुपैयाँ आर्थिक सहयोग पनि गर्ने भएको छ । नाका खोल्ने, रेल, कनेक्टिभिटी लगायत नेपालले चीनसँग राखेको चाहाना चीनले पुरा गर्ने भएको छ । दुईपक्षीय सम्झौतापछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती सी जिनपिङबीच भेटवार्ता समेत भयो । त्यसपछि राष्ट्रपति सी आइतबार दिउसो स्वदेश फर्किएका छन् ।
यो भ्रमणबाट नेपाल र चीन बीच रहदैँ आएको सुमधुर सम्बन्ध पुनः एकपटक नवीकरण भएको छ । भ्रमणले जनस्तरसम्मको सम्बन्धलाई आत्मिय र न्यायो बनाउने छ । विकास र समृद्धिको बाटोमा हिडीरहेको नेपाललाई चिनले गर्ने सहयोग निकै नै महत्वपूर्ण रहेको छ । नेपालले राखेको अपेक्षा पुरा गर्न काम पुरा गरि छाड्नुपर्ने आफ्नो सहयोग निरन्तर रहने सीले बताउँदै गर्दा सी आफुले गरेको प्रतिवद्धता पुरा गर्न तम्तयार रहेको प्रष्ट छ ।
त्यसो त नेपालमा कम्युनिष्ट पार्टीकै शक्तिशाली सरकार हुनुले पनि चीन नेपालको सम्बन्धलाई अझ बलियो बनाउन सघाइरहेको सत्य हो । विचारको हिसाबले पनि चीन नेपाल नजिक रहेकोले सहयोग आदान प्रदानलाई निरन्तरता दिइने बताइएको छ । यो भ्रमणले राजनीतिक रुपमा नेपालप्रति चीनको केही आशंकाहरु रहेका रहेछन् भने पनि त्यसलाई मेटेर सम्बन्ध अझ सुदृढ बनाउने कुरामा बल पुगेको । दुई देशबीचको सहकार्यले पक्कैपनि दुवै देशलाई समृद्ध हुन सघाउ पुग्नेछ ।
चीन–नेपाल कुटनीतिक सम्बन्ध बिस्तार
२३ वर्ष पछि चिनिया उच्च नेताको नेपाल भ्रमण भएको छ । चिनिया कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्रपति सी चिनफिङले २२ घण्टा नेपालमा विताउंदा नेपाल र चीनबीचको घनिष्ट सम्बन्ध थप मजबुद बनेको छ । विश्वकै शक्तिशाली राजनेता सीको नेपाल भ्रमण राजनीतिक एवं कुटनीतिक महत्व बोकेको छ । राष्ट्रपति सी चिनफिङले नेपालप्रति देखाएको चासोले उत्तरी छिमेकी चीनले नेपालको राजनितिक स्थायित्व, सामाजिक सद्भाव, घनिष्ठ सम्बध स्थापित गरेको छ ।
उदाउदो शक्ति चीनका शक्तिशाली राष्ट्रपति सी चीनफिङको भ्रमणले नेपाल र चीन बिचको कुटनीतिक सम्बन्धलाई उच्च तहमा पु¥याउन सफल भएको छ । २३ वर्ष पछि भएको चिनिया राष्ट्रपतिको राजकीय भ्रमणले नेपाललाई चीनले नेपालप्रति दिएको प्राथमिकताले दुई देश बिच भएको सम्बन्धले नया“ गति लिएको स्पष्ट हुन्छ । राष्ट्रपति सी चिनफिङले नेपालप्रति देखाएको चासोले उत्तरी छिमेकी चीनले नेपालको राजनितिक स्थायित्व, सामाजिक सद्भाव, घनिष्ठ सम्बध स्थापित गरेको छ ।
यस्तै भ्रमणले लामो समय देखिको दौत्य सम्बन्ध कायम गर्नुको साथ दुई देश बिचको कुटनितिक सम्बन्धमा समेत नया“ मोड लिएको छ । नेपालको उत्तरी छिमेकीको साथै बिश्वमै शक्तिशाली मुलुकै राष्ट्रपतिले देखाएको सद्भावले नेपालले समृद्ध नेपाल निमार्णको अभियानमा चीनको साथ रहेको स्पष्टता देखाएको छ ।
राष्ट्रपति सीले नेपालसंग दाजुभाइको असल मित्रता गांसेको सन्देश दिएर गएका छन । चीनले पछिल्लो समय नेपाल प्रति देखाएको विश्वासले बिकासमा पछि पर्दै आएको नेपालका लागि उत्तम सयमको रुपमा देखिएको छ । चीनको उच्च स्तरिय भ्रमणपछि नेपाल भ्रमणले दुई छिमेकी भारत र चीनबीच नेपालको कूटनीति सम्बध कसरी अगाडी बढाउन सक्दछ भन्ने प्रश्न चिन्ह अझै बा“की छ ।
नेपालले चीन प्रतिको नीतिलाई कसरी अगाडी बढाउन सक्दछ त्यसको आधारमा नेपाल चीन बिचको सम्बधलाई अगाडि बढ्ने देखिन्छ । तर, राष्ट्रपति सी को भ्रमण र त्यसका लागि नेपालको तर्फबाट गरिएको उच्च सम्मान र आतिथ्यतालाई हर्ने हो भने चीनसंग नेपालको सम्बन्ध झन मजबुद बनेको बुझ्न सकिन्छ । नेपालले चीनसंग गरिएका सबै सहमति र सम्झौताहरुलाई आफ्नो पाटोबाट पनि इमान्दारिताका साथ पालना र गर्न र पुरा गर्न भने सदा तत्पर बन्नुपर्ने देखिन्छ । जुनकुराको संकेत राष्ट्रपति सी ले शनिबार राति स्टेट डिनरलाई गरेको सम्बोधनमा गरेका छन् ।
चीनबाट सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमणपछि माथिल्लो स्तरको भ्रमण हुन नसकिरहको अवस्थामा सी को भ्रमणले चीन र नेपालको सम्बन्धले नया“ उचाइमा पुगिसकेको सन्देश भने प्रष्टै दिएको छ । लामो समयको राजनितिकको साथै सरकारको नेतृत्वमा देखिएको अस्थिरताका कारण चीनको उच्च स्तरिय भ्रमण हुन सकिरहेको थिएन ।
बिगतमा नेपालमा सहमति भएका विषयको कार्यान्वयनमा समस्याको कारण नेपालसंग चीनले त्यति बिश्वासको वातावरण बनाउन सकिरहेको थिएन । अहिले दुई तिहाइ बहुमतको कम्युनिष्ट नेतृत्वको ५ वर्षे सरकारप्रति चिनिया“ राजनेताहरु बिश्वस्थ हुने अवस्था रहेकै कारण चीनले नेपाललाई हेर्ने औषत दृष्टिकोण पनि फेरिएको बुझ्न सकिन्छ ।
लामो आन्तरिक द्धन्द्धको अत्यपछि बनेका सरकारले समेत चीनको उच्च नेतृत्वको भ्रमण गराउने प्रयास पनि भएका थिए । तर राजनितिक अस्थिरताको कारण चीनको उच्च स्तरिय भ्रमण रोकिने गरेको थियो ।
राष्ट्रपति सी को छोटो समयको नेपाल भ्रमणले सरकारका साथै सर्वसाधारण जनतामा समेत आशा भरोसा थपिदिएको छ । भ्रमणको क्रममा भएका सहमति, समझदारी र सम्झौतामा रेलमार्ग, सडक, सुरुङमार्ग, जलविद्युत् विकासका लागि रणनीतिक प्रसारण लाइन निर्माण र लगानी योजनाको कार्यान्ययनले नै नेपाल चीनको सम्बधलाई मजबुझ बनाउने छ । राष्ट्रपति सी ले भनेजस्तै नेपाल ल्याण्डलक्ड बाट ल्याण्ड लिंक बन्नेछ । अन्यथा सम्झौता सम्झौतामा सीमित हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्