ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्खास्त क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलनहरु सडकमा


admin

Supporters of independence for Catalonia hold a major march to mark the Spanish region’s official day, amid growing protests over Spain’s financial crisis which has driven it to seek aid from the central government during the Catalonian National Day (Diada) on September 11, 2012 in Barcelona. AFP PHOTO/ JOSEP LAGO (Photo credit should read JOSEP LAGO/AFP/GettyImages)

काठमाण्डौं, १७ काक्तिक । स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलनहरु सडकमा उत्रिएका छन् ।

स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ । स्पेनी न्यायाधीश कारमेन लामेलाले ती मन्त्रीहरुले देश छोड्न वा प्रमाणहरु नष्ट गर्नसक्ने भन्दै उनीहरुलाई थुनामा राख्न आदेश दिएका थिए । अभियोजनकर्ताहरुले उनीहरुमाथि स्पेनबाट क्याटलोनिया छुट्याउने प्रयास गरेर देशद्रोह गरेको आरोप लगाएका छन् ।
स्पेनबाट स्वतन्त्र हुनका लागि गत अक्टोबर १ मा भएको जनमत संग्रह यता स्पेन संवैधानिक संकटबाट गुज्रिरहेको छ । उक्त जनमत संग्रहलाई त्यहा“को संवैधानिक अदालतले गैरकानुनी भनेको थियो । गत साता स्पेनका प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाको क्षेत्रीय संसद विघटन गरेर प्रत्यक्ष शासन लागू गरेका थिए । उनले डिसेम्बर २१ तारिखमा स्थानीय निर्वाचनको आह्वान समेत गरेका छन् । क्याटलन सांसदहरुले उत्तर पूर्वको सम्पन्न क्षेत्र क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने पक्षमा मतदान गरेपछि प्रधानमन्त्री राखोयले यस्तो घोषणा गरेका थिए । बिहीबार बार्सिलोनास्थित क्याटलोनियाको क्षेत्रीय संसद भवनबाहिर हजारौं मानिसहरु भेला भएका छन् । ती मध्ये थुप्रैले क्याटलन झण्डा र ’राजनीतिक बन्दीहरुका लागि स्वतन्त्रता’ भन्ने नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए । त्यस्तै खालको प्रदर्शनहरु क्याटलोनियाको सहरहरुमा पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com