ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी संशय अन्त, स्थिर सरकारका लागि बलिया दुई विकल्पमा मन्थन सुरु


एबीसी न्यूज
कार्तिक १७, २०७४ शुक्रबार   ११ : ४०   बजे

काठमाडौं । कात्तिक ५ र १६ गते केन्द्रीय संसद र प्रादेशिक संसदका लागि सबै दलबाट उम्मेदबारी दर्तासंगै चुनावप्रतिको शंशयको आधा हिस्सा समाप्त भएको छ । स्वाभाविक र सरल राजनीतिक बाटोका लागि यो कुनै नौलो घटना नभएपनि हाम्रा लागि ऐतिहासिक घटना बन्न पुगेको छ । अन्योलका बीच आकाश फाट्न खोजेजस्तो घटना पनि हो यो ।

सन् ११९०मा पुनर्वहाल भएको भनिएको प्रजातन्त्रले दश ५ वर्ष पुग्दा नुपुग्दै आंधी हुण्डरीसहितको सशस्त्र संघर्ष मात्र निम्त्याएन संसदीय कुचक्रको दुई दशक पूरा भयो । यही बेलामा नयां संविधान बनेर नयां संसद र नयां सरकार कसरी बन्नला भन्ने कहर काटिरहेको अवस्था छ । संघीय संसद र प्रादेशिक संसदको उमेदबारी दर्ताले नेपाल नयां युगको ढोकासम्म आइपुगेको मान्न सकिन्छ ।

भारतीय नाकाबन्दीको उपाहारसहित नयां संविधान घोषणा भएपछि तोकिएको कार्यसूची थियो तीन तहको निर्वाचन । तर ती काममा प्रवेश गर्न नपाउंदै ओली सरकार ढलेर प्रचण्ड सरकार बन्यो । गत वर्ष प्रचण्ड सरकारले स्थानीय चुनाव गराईछाड्ने भाषण गर्दा कतैतिरबा नपत्याउने जमात र प्रचारवाजीको आतंक थियो । अनेक संशय र आशंकबीच ५ महिना लगाएर स्थानीय चुनाव भयो । बीस वर्षपछि स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको छन् । यो आफैमा राजनीतिक उपलव्धीका रुपमा कोशे ढुंगा हो ।
प्रदेश सिमांकन र नागरिकता जस्ता अहंम सवालमा अत्तासिएर कांग्रेस र माओवादीको सरकारले संविधान संशोधनको प्रयास गर्दा एमालेले दुई महिनासम्म संसद अवरोधमात्र गरेन । संविधान संशोधनको प्रारम्भिक मकसदले संसदमार्फत नै औचित्यहीन सावित गरिदियो । त्यस्तो अवस्थामा मधेसवादी दलले संविधान संशोधनमार्फत् आफ्ना माग पूरा नभई मुलुकमा चुनाव हुन नसक्ने कडा कडा चेतावनी दिइरहेका थिए । सरकारले जबर्जस्ती चुनाव गरे विध्वंश मच्चाइदिने ध्वांस दिइरहेको थियो । तर चुनाव भयो । विध्वंस मच्चिएन । मुलुक जोगियो ।

अवस्था यस्तो सम्म थियो । कि वैशाख ३१ तोकिएको पहिलो चरणको स्थानीय चुनाव हुने दिन विहानसम्म पनि धेरैका मनमा चुनाव होला र ? आशंका र भय थियो । अव अहिले स्थिति यस्तो भएको छ कि ६ महिना पहिले चुनावका बारेमा भएका आशंकाको बादललाई कसैले स्मरण गर्न चाहंदैन । संविधान संशोधन नभएसम्म कुनै हालतमा चुना हुंदनैन । चुनाव गर्न दिंदैनन् भन्ने कत्रो भयको खेति थियो ? त्यति मात्र हो र बलप्रयोग गरेर चुनाव भइहालेमा २ नं. प्रदेश टुक्रिने सम्मका विष्मयकारी हल्ला थिएर यत्रतत्र । राजनीतिक प्राणीहरु सम्भवत सबैभन्दा कम स्मरणशक्तिमा बांच्ने हुनाले यसको कसैलाई हेक्का नभएको पनि हुनसक्छ ।

तर मधेशमा पनि शान्तिपूण रुपमा चुनाव भएर मधेशी दल र त्यही समुदायका प्रतिनिधिहरुले स्थानीय सरकारको चावी हातमा लिएपछि विखण्डनबादी दोकान बन्द हुन पुगेको छ । यद्यपि त्यस्तो दोकान खुला नै रहोस् भन्ने व्यापारीहरु छैनन् भन्ने भ्रममा पर्नु हुंदैन ।

अब मुलुकमा कमसे कम संविधान के हुन्छ होइन किन यो सरकारले वा यी दलहरुले आर्थिक सम्वृद्धिको घोडा दौडाएनन् भन्नेमा बहस केन्द्रित हुनेछ । त्यसहिसाबले अव देशकले फड्को मार्ने तहमा आइपुगेको छ ।

१६ गतेको उम्मेदबारी दर्ताका सन्दर्भमा स्मरण गर्दा एकहप्ता पहिलेसम्म र सर्वोच्च अदालत मार्फत चुनाव सार्न भएका हर्कतका बेला कस्ता डरलग्दा बहस र चुनावप्रतिको अन्योल थियो त ? सर्बोच्चको अनावश्यक सक्रियताको मतपत्र सम्वनधी फैसलबाट अत्तालिएर बाम गठबन्धनका दुबै दल एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले पत्रकार सम्मेलन मार्फत नै चेतावनी दिएका थिए । त्यसभन्दा अघि बढेर

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै कारणले चुनाव भएन भने संसद ब्यूँतिने चेतावनी दिएर चुनावबाट कसैलाई नभाग्न धम्काएका थिए । त्यसो गर्नु पर्ने अवस्थामा अदालतले नै पुर्याएको धेरैलाई लागेको छ । यो विडम्वना हो ।

पछिल्लो पटक सर्वोच्चले अर्को एक मुद्धाको फैसलामा स–साना कारणले निर्वाचनलाई असहज बनाउन नहुने आदेश दिन बाध्य भयो । त्यो राम्रै भयो ।

उमेदबारी दर्ता हुनुमात्रै चुनावको सुनिश्चिता नभएपनि अव पछि फर्कनै नसक्ने गरी एउटा खुट्किलो अघि वढिसकिएको छ । अब उमेदबार र पार्टीहरुले चुनाव हुने वा नहुने होइन कि आफुले जितेमा जनताका लागि के गर्दछु भन्नेमा प्रचार केन्द्रित गर्नु आवश्यक छ ।

चुनावको नतिजाका सन्दर्भमा कुरा गर्दा हालै भएको स्थानीय चुनावको परिणामले प्रतिनिधि र प्रदेश सभाको नतिजा कस्तो होला भन्ने प्रष्ट संकेत दिएको छ । त्यो परिणामलाई विश्लेषण गर्दा वाम गठबन्धन सहज बहुमतमा आउने देखिन्छ ।

तर स्थानीय चुनावमा मतदाताले जसरी मत दिए त्यसैगरी केन्द्रीय चुनावमा त्यसो गर्दैनन् भन्न तर्कहरु पनि सबभन्दा बढी मिडियामा सुन्न र पढ्न पाइन्छ । नेपालको भोटिंग प्रवृत्तिमा दुई महिना अघि मात्रको मतप्रवृत्तिमा आकाश जमिन परिवर्तन पक्कै पनि आउंदैन ।बाम गठवन्धन बनेपछि को सबैभन्दा ठूलो प्रचार माओवादी र एमालेको भोट एक–अर्काका उम्मेदवारलाई जान्छ कि जांदैन ? भन्नेमा केन्द्रित छ ।

हसिँया हथौडामा भोट हालेका माओवादी मतदाता त्यो क्षेत्रमा सूर्य चिन्हमा भोट हाल्छन् कि हाल्दैनन् वा सूर्यमा भोट हालेका एमाले मतदाताले गोलाकार भित्रको हसिँया हथौडामा छाप लाउँछन् कि लाउँदैनन् ? नेपालको सन्दर्भमा यस्ता प्रश्नको कुनै अर्थ छैन । बामपन्थी मतदाता चुनाव चिन्ह होइन कि विचारधारालाई मतदान गर्दछन् । व्यक्ति भन्दा बढी पार्टीलाई रोज्ने बानीमा अभ्यस्त छन् । यद्यपि उमेदबारको अनुहारले मतदातालाई धेरैहदसम्म तरंति बनाउछ नै ।

पार्टी एकताको उद्धेश्यमा अघि बढेका दुई दल टिकट वितरणको सकसलाई सहजै पार लागएबाट उनीहरुको बाटो त्यति असहज नभएको संकेत गरेको छ। एक्ला एक्लै चुनाव लडेका भए एमालेमा निकै ठूलो तनाव र बागीको खतरा रहेको थियो । उता माओवादीमा बागी भन्दा असहयोगी बन्ने प्रवृत्ति बढ्ने थियो । तर पार्टी एकताको बाम जुनुनले सबै प्रकारका असन्तोषलाई सिरानी मुनि हालिदिएको छ । यही प्रवृत्ति मतदानको दिनसम्म कायम रहेमा बाम नेताहरुको आंकलन सही सावित हुन पनि सक्छ । यसपटकको चुनावमा र चुनावपछि पनि पहिलाजस्तो साना पार्टी धेरै छैनन् र हुनेछैनन् ।

सत्ता रुढ कांग्रेसका लागि वाम गठबन्धनको कसिलो एकताको सामान गर्नमा तल्लिन देखिएको छ । तर कांग्रेसले उचित र आशाति तयारी गर्न नसकेको प्रष्टै देखिएको छ । उसले आफ्नो गठवन्धनमा ल्याएको राप्रपाका दुई समूहलाई व्यवस्थापन गर्न सकेन । विजय गच्छदारका कारण सिट बढ्ने हो कि पहिले भएको बढारिने भन्ने खतरा रहको नेताहरुले बताउन थालेका छन् । बाम गठवन्धनले बामपन्थी दललाई मात्र फाइदा भएको छैन कि कांग्रेस आन्तरिक रूपमा तुलनात्मक रुपले एक भएको छ, पार्टी छोडेर गएका विजयकुमार गच्छदारले पार्टीमै फर्केका छन् ।

वाम गठबन्धनलाई कांग्रेसले कम्युनिष्ट अधिनायकवाद लाद्ने अर्थमा प्रचार गरेको छ । यो उसको चुनावमा प्रजातान्त्रिक भोट आफूतिर तान्ने सस्तो र पुरानै प्रचार शैली मात्र हो । किन कि एमाले र माओवादीलाई नाममा बाहेक काम र व्यवहारमा चलनचल्तीको लोकतान्त्रिक प्राणालीप्रति कसैले शंका गर्दैन । स्थानीय चुनावा सहरजति सबै एमालेले जितेबाट झन प्रष्ट भएको छ।

कांग्रेसका लागि सबैभन्दा बढी टाउको दुखाई मधेसमा भएको छ। एकातिर वाम गठबन्धन र अर्कातिर राजपा–फोरमको गठवन्धनले कांग्रेस कहां पुग्ने हो ? जब कि स्थानीय चुनावमा कांग्रेस मधेशमा पहिलो पार्टी बनेको थियो ।

विशेषगरी मधेसमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई तालमेल कति सफल हुन्चछ भन्ने कुराले पनि चुनावी परिणाममा असर गर्नेछ  मंसिर १० र २१ गते हुने चुनावको परिणाम यी र यस्तै प्रश्नमा केन्द्रित हुनेछ । यद्यपि अव चुनाव नहुने आशंका अन्त भएको छ ।

आम मतदाता र जनताको आशा स्थिर सरकार बनोस् भन्ने छ । विदेशी मित्रहरुको चाहना पनि नेपालको राजनीति स्थायित्मा नै भलो छ भन्ने प्रष्ट सन्देश छ । यससका लागि मतदातका अगाडि बाम र कांग दुई गठवन्धन उपस्थित छ । अवश्य नै जनताले मंसिर १० र २१ गते त्यो अभूतपूर्व रोजाईको जिममेवारी पूरा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group