ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवासीलाई लगानी भित्र्याउन आग्रह


एबीसी न्यूज
आश्विन १५, २०७६ बुधबार  १० : ०४ बजे

म्याग्दी, १५ असोज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गर्नुभएको छ ।
अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । “स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ”, मन्त्री थापाले भन्नुभयो, “विदेशमा आर्जेको सीप, पूँजी र प्रविधिलाई स्वदेशमा भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्नुहोस ।” उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सरकारले अनुकूल नीतिगत व्यवस्था र वातावरण बनाएको मन्त्री थापाको भनाइ थियो । पूर्वाधार तयार र लगानीको सुरक्षा गर्न सरकार सक्षम भएको बताउनुभयो । जिल्लाको जलविद्युत्, पर्यटन, व्यावसायिक कृषि र पशुपालन क्षेत्रमा लगानी गर्न प्रशस्त सम्भावना भएको उहाँले बताउनुभयो ।
सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर कामको खोजीमा विदेशिनुपर्ने बाध्यता हटाउन प्रधानमन्त्री रोजगारलाई निरन्तरता दिएको र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन खोजेको उहाँले बताउनुभयो । संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काङ्ग्रेसका सभापति खम्बिर गर्बुजा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सम्भावनाको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । मोना रोजगारी, पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था हो ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा २० देशका डेढ सय प्रतिनिधि सहभागी भएका मोनाका अध्यक्ष चक्र थापाले बताउनुभयो । यसैगरी विसं २०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई मोना जापानले रु दुई लाख आर्थिक सहयोग गरेको छ । मोनामार्फत जिल्लाको शिक्षा, स्वास्थ्य र सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् । बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा बेनीदेखि मायालुडाँडा जोड्ने पदमार्ग निर्माण गरिएको छ । यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि रु एक करोडको कोष स्थापना गर्न अभियान चलाइएको छ । साथै ग्रामीण क्षेत्रका ४५ सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणसमेत शुरु गरिएको छ । –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com