ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वहरु नजिकिदै गर्दा राजधानी बजारमा तरकारीको भाउ बढ्यो (भिडियोसहित)


एबीसी न्यूज
आश्विन १२, २०७६ आईतबार  ११ : ११ बजे

काठमाडौं, १२ असोज । दशैं, तिहार जस्ता चाडपर्वहरु नजिकिदै गर्दा राजधानी बजारमा तरकारीको भाउ पनि बढेको छ । निरन्तर वर्षाका कारण उत्पादन कम हुने, ढुवानीमा समस्या र उपलब्ध उत्पादित सामाग्री पनि छोटो समयमा नै नाश हुने कारण बजारमा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

आजभोली खुद्रा बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३० रुपैंया भन्दा बढी छ । दशैं, तिहार जस्ता चाडवाडहरु नजिकिदै गर्दा आलु, प्याज, सिमी, बोडी तथा सागसब्जीको भाउ पनि बढेको छ । चाडवाड नजिकिदै गर्दा तरकारीको भाउ बढेपछि आम उपभोक्ता चिन्तित बनेका छन् । प्याज उत्पादनमा आत्मनिर्भर हुन नसक्दा प्याजका लागि नेपाल सधैं भारतमा निर्भर हुनुपर्ने अवस्था छ । आजभोलि भारतमा पनि प्याजको मूल्य बढेको छ । भारतीय महंगीको प्रभाव नेपालमा पनि नपर्ने कुरै भएन । छिटै नाशवान उत्पादन एवं मौसमी प्रभावका कारण प्याज लगायतका तरकारीको भाउ बढेको समितीका उपनिर्देशक विनय श्रेष्ठले बताउंछन् ।

सागसब्जी तथा तरकारीको भाउ महंगो हुँदा सबैभन्दा मर्कामा पर्ने भनेको आम सर्वसाधारण नै हुन् । विगतका वर्षमा यति धेरै महंगी बढ्दैनथ्यो । तर, दशै जस्तो चाडवाड नजिकिदै गर्दा भनेको जस्तो सामान त पाइएको छैन नै, पाउने सामान पन िअत्यायिक महंगो भएको छ । सरकारले नियमित अनुगमन नगर्ने, चाडवाड आउंदा मात्र अनुगमनको नाटक गर्ने, त्यहि अनुगमन पनि व्यापारी अनुकुल हुने गरेको उपभोक्ता आरोप लगाउंछन् । सरकारले निरन्तर अनुगमन गरेर सुलभ र सहज रुपमा उपलब्ध हुने गरी बजार व्यवस्थापन गर्नुपर्ने उपभोक्ताको माग छ ।

निरन्तर वर्षका कारण आवश्यक तरकारी उपलब्ध नभएको व्यापारीहरु बताउँछन् । वर्षाका कारण किसानको गाउँ–ठाउँमा गाडी जानसक्ने अवस्था छैन । ढुवानी भएका सामाग्रीहरु पनि वर्षाका कारण छोटो समयमा नै कुहिने र गल्ने गरेको व्यापारीहरुको गुनासो छ । यसले गर्दा पनि बजारमा तरकारीको भाउ बढ्न गएको व्यापारीहरु दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com