ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वहरु नजिकिदै गर्दा राजधानी बजारमा तरकारीको भाउ बढ्यो (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १२ असोज । दशैं, तिहार जस्ता चाडपर्वहरु नजिकिदै गर्दा राजधानी बजारमा तरकारीको भाउ पनि बढेको छ । निरन्तर वर्षाका कारण उत्पादन कम हुने, ढुवानीमा समस्या र उपलब्ध उत्पादित सामाग्री पनि छोटो समयमा नै नाश हुने कारण बजारमा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

आजभोली खुद्रा बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३० रुपैंया भन्दा बढी छ । दशैं, तिहार जस्ता चाडवाडहरु नजिकिदै गर्दा आलु, प्याज, सिमी, बोडी तथा सागसब्जीको भाउ पनि बढेको छ । चाडवाड नजिकिदै गर्दा तरकारीको भाउ बढेपछि आम उपभोक्ता चिन्तित बनेका छन् । प्याज उत्पादनमा आत्मनिर्भर हुन नसक्दा प्याजका लागि नेपाल सधैं भारतमा निर्भर हुनुपर्ने अवस्था छ । आजभोलि भारतमा पनि प्याजको मूल्य बढेको छ । भारतीय महंगीको प्रभाव नेपालमा पनि नपर्ने कुरै भएन । छिटै नाशवान उत्पादन एवं मौसमी प्रभावका कारण प्याज लगायतका तरकारीको भाउ बढेको समितीका उपनिर्देशक विनय श्रेष्ठले बताउंछन् ।

सागसब्जी तथा तरकारीको भाउ महंगो हुँदा सबैभन्दा मर्कामा पर्ने भनेको आम सर्वसाधारण नै हुन् । विगतका वर्षमा यति धेरै महंगी बढ्दैनथ्यो । तर, दशै जस्तो चाडवाड नजिकिदै गर्दा भनेको जस्तो सामान त पाइएको छैन नै, पाउने सामान पन िअत्यायिक महंगो भएको छ । सरकारले नियमित अनुगमन नगर्ने, चाडवाड आउंदा मात्र अनुगमनको नाटक गर्ने, त्यहि अनुगमन पनि व्यापारी अनुकुल हुने गरेको उपभोक्ता आरोप लगाउंछन् । सरकारले निरन्तर अनुगमन गरेर सुलभ र सहज रुपमा उपलब्ध हुने गरी बजार व्यवस्थापन गर्नुपर्ने उपभोक्ताको माग छ ।

निरन्तर वर्षका कारण आवश्यक तरकारी उपलब्ध नभएको व्यापारीहरु बताउँछन् । वर्षाका कारण किसानको गाउँ–ठाउँमा गाडी जानसक्ने अवस्था छैन । ढुवानी भएका सामाग्रीहरु पनि वर्षाका कारण छोटो समयमा नै कुहिने र गल्ने गरेको व्यापारीहरुको गुनासो छ । यसले गर्दा पनि बजारमा तरकारीको भाउ बढ्न गएको व्यापारीहरु दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com